नदि किनारका बस्तीलाई सतर्क रहन रामेछाप प्रशासनको आग्रह

नदि किनारका बस्तीलाई सतर्क रहन रामेछाप प्रशासनको आग्रह

चीनको खासा क्षेत्रमा रहेको केरुङ च्छो पोखरी फुट्न सक्ने भएकाले भोटेकोशीमा बाढीको जोखिम बढेको छ । पोखरी फुटेमा भोटेकोशीमा ठूलो बाढी आएर रामेछापका सुनकोशी र तामाकोशी नदिका किनाराका बस्तीहरु नवुघाट , विर्ताघाट , चुकिया घाट , हर्दिनी घाट , कोरमाना , नवलपुर घाट , तल्लो खैरेनी घाट , लुवु , सित्खा , डप्खा , पुच्छिघाट , राकाथुमको बेलघारी नजिकका घरधुरी , सुनापति गाउँपालिका ४ का दोभानटार , सिन्धुरेटार , चथ्डीटार आसपासका र तामाकोशी नदी आसापासका बस्ती उच्च जोखिममा रहेकाले उक्त क्षेत्रका वाससिन्दा , स्थानिय तह , अन्य सरोकारवाला व्यक्ति र निकायलाई उच्च सतर्कता अपनाउन सम्भावित जोखिमबाट बच्न , पुर्व तयारी गर्न , नजिकको सुरक्षित स्थानमा बस्ने व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेका छ । साथै एफएम रेडियोहरु मार्फत सुचना प्रसारण गर्न र स्थानिय तह वा सम्बन्धित वडाहरुमार्फत माईकिङ गर्ने गरेर सचेत गराउने रामेछाप प्रशासनले अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार