पुष्पलालको ४२ औँ स्मृति दिवसको अवसरमा विटार पार्कमा वृक्षारोपण

पुष्पलालको ४२ औँ स्मृति दिवसको अवसरमा विटार पार्कमा वृक्षारोपण

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४२ औँ स्मृति दिवस आज(बुधबार) रामेछापमा वृक्षारोपण गरेर मनाइएको छ । नेकपा रामेछापका नेता तथा कार्यकर्ताहरुले रामेछाप नगरपालिका वडा नं. ८ मा रहेको विटार पार्कमा वृक्षारोपण गरेर स्मृति दिवस मनाएका हुन । विटार पार्क रामेछापका सहयोगी मन (रासम) समूहको सकृयतामा निर्माण भएको हो । हरेक वर्ष विशेष कार्यक्रम गर्दै आएको पुष्पलाल स्मृति प्रतिष्ठानले यो वर्ष भने कोभिड–१९ का कारणले ठूलो औपचारिक कार्यक्रम गरेन ।

नेपालमा कम्युनिस्ट पार्टी मार्फत जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ नेकपा स्थापना गर्नुभएका श्रेष्ठको २०३५ साल साउन ७ गते भारतको नयाँ दिल्ली स्थित गोविन्द बल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । नेपाली क्रान्तिका सिद्धान्तकारका रूपमा परिचित पुष्पलालले आफ्नो जीवनभर जनताको स्वतन्त्रताका लागि संघर्ष गर्नुभयो । पिता भक्तलाल र माता तुलसीमाया श्रेष्ठका माइला सुपुत्रका रूपमा रामेछापको भङ्गेरीमा विसं १९८१ असार १५ मा उहाँको जन्म भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार