कोभिड–१९ सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि एक अर्कामा भौतिक दुरी कायम गर्न अपिल

विश्व स्वास्थ्य संगठन डब्लुयूएचओका नेपाल प्रतिनिधि जोस भ्याण्डेलरले कोरोना भाइरस कोभिड–१९ सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि एक अर्कामा भौतिक दुरी कायम गर्न सबैलाई अपील गर्नुभएको छ । नेपालमा बन्दाबन्दी खुला गरेपछि पछिल्लो समय कोरोना सङ्क्रमण बढ्दो छ । मानिसहरुले आफ्नो व्यवहारमा परिवर्तन नगर्दा पनि सङ्क्रमण बढ्दै गएको छ । विश्व स्वास्थ्य संगठनको नेपाल प्रतिनिधि भ्याण्डेलरले एक […]

प्रदेश एकका मुख्य न्यायाधिवक्ता चूडामणि आचार्य कोरोना सङ्क्रमित

प्रदेश एकका मुख्य न्यायायाधिवक्ता चूडामणि आचार्यमा कोरोना सङक्रमण देखिएको छ । विराटनगरमै रहनुभएका उहाँलाई कसरी कोरोना सङ्क्रमण भयो भन्ने विवरण भने खुलेको छैन । विराटनगर पाँच स्थायी ठेगाना भएका मुख्य न्यायाधिवक्ता आचार्य सहित परिवारका तीनजना सदस्यलाई कोरोना सङ्क्रमण देखिएको छ । मुख्य न्यायाधिवक्ता आचार्यलाई एक साता अघि दुई दिनजति सामान्य ज्वरो आएको थियो । हिजो […]

सत्तारुढ दल नेकपाका अध्यक्षद्वय बीचको छलफल आजपनि निस्कर्ष बिहीन

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको वार्ता आज पनि निष्कर्ष बिहीन भएको छ । आज बिहान बालुवाटारमा भएको छलफलमा अध्यक्षद्वयसँगै वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ पनि सहभागी हुनुभएको थियो । प्रधानमन्त्रीसमेत रहनुभएका ओली जारी स्थायी कमिटी बैठकलाई निरन्तरता दिन समेत तयार हुनुभएको […]

नेपालमा एकैदिन थपिए ४ सय १८ जना नयाँ कोरोना सङ्क्रमित

नेपालमा पछिल्लो २४ घन्टामा थप ४ सय १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोभिड–१९ सम्बन्धी जानकारी दिने क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप ४ सय १८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जानकारी गराउनुभयो । उहाँले यो संख्यासँगै नेपालमा […]

सन्धुली आइसोलेसनमा बसेर उपचार गराइरहेका दुईजनाको पछिल्लो रिपोर्ट पनि पोजेटिभ

सिन्धुली अस्पतालको आईसोलेसन कक्षमा उपचार गराईरहेका दुई जनाको पछिल्लो रिपोर्ट पनि पोजेटिभ अर्थात् कोरोना भएकै आएको छ । कोरोना सङक्रमित कमलामाई नगरपालिका–४ निवासी ३८ बर्षिय पुरुष र कमलामाई नगरपालिका–६ का ६६ बर्षिय पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । सिन्धुली अस्पतालका व्यवस्थापक बिमल श्रेष्ठका अनुसार बैज्ञानिक वन अनुगमन छानविन समितका संयोजक तथा संघीय सांसद प्रदिप […]

आज रक्षाबन्धन पर्व मनाईदै

आज साउन शुक्ल पूर्णिमा, चुडाकर्म गरेका आम तागाधारीले जनै फेरेर मन्त्रोच्चारण गरिएको रक्षासूूत्र बाँधेर रक्षाबन्धन पर्व मनाउँदै छन् । कोरोना भाइरसका कारण सुरक्षित भएर मात्र यज्ञोपवित धारण गर्नुुपर्ने चुनौती देखिएको छ । जनै फेर्नका लागि अघिल्लो दिन नै केश मुन्डन गरेर एकछाक भोजन गर्ने चलन छ । गोबर र तुलसी रोपिएको माटो लगाई नदी वा […]

प्रदेश १ मा सबभन्दा धेरै बलात्कारका घटना

बितेको एक वर्षमा दुई हजार एक सय ४४ वटा बलात्कारका घटना भएकोमा सबभन्दा धेरै बलात्कारका घटना प्रदेश १ मा दर्ता भएका छन् । घटनामा संलग्नहरूलाई कारबाहीको दायरमा ल्याइएको प्रहरीले बताएको छ । उपत्यकामा दुई सय ६६, प्रदेश एकमा चार सय ८५, प्रदेश दुइमा दुइ सय ८८ ओटा बलात्कारका घटना भएका छन् । बागमती प्रदेशमा दुई […]

सिन्धुपाल्चोकको मेलम्ची र बरुवामा बेपत्ता भएका १० मध्ये ५ जनाको शव फेला

अविरल वर्षासँगै आएको पहिरोले मेलम्चीमा पुरिएका ८ कामदार मध्ये ५ जनाको शव भेटिएको छ । तर उनीहरूको पहिचान हुन बाँकी छ । बिहान साढे २ बजेको समयमा मेलम्ची नगरपालिकाको वडा नम्बर ११ मेलम्ची बजारको पिपलबोट छेउमाथीबाट पहिरो गएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक माधव काफ्लेले जानकारी दिनुभयो । पहिरोमा बेपत्ता हुनेहरुमा राजेन्द्र चौरसिया, […]

पर्यटन बोर्डका ४३ जना करारका कर्मचारी कटौती

नेपाल पर्यटन बोर्डले करारमा नियुक्त ४३ जना कर्मचारी कटौती गरेको छ । यस वर्ष झण्डै ६ महिना कमाइविहीन बनेको बोर्डले ४३ जना कर्मचारीको करार नवीकरण नगरेर कटौती गरेको हो । तर, चैत पाँच गतेबाट अन्तर्राष्ट्रिय उडान बन्द भएपछि बोर्डले पाउने आम्दानीसमेत गुमेकाले कटौती गरेको जनाएको हो । बोर्डमा सरसफाइ र भान्सामा काम गर्ने केही कर्मचारीबाहेक […]

ओली–प्रचण्डबीच तीन घण्टा वार्ता भएपनि स्थायी कमिटी अनिश्चित

सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज करिव तीन घण्टा भएको छलफल निष्कर्ष बिहिन भएर टुंगिएको छ । साउन १३ गते ओलीले एकपक्षीय रुपमा बैठक स्थगन र प्रचण्डले आफ्नो अध्यक्षमा बहुमत सदस्य सहित स्थायी कमिटी बैठक राखेको ६ दिनपछि दुई अध्यक्षबीच भेटवार्ता भएको थियो । प्रचण्ड, […]