प्रदेश एकका मुख्य न्यायाधिवक्ता चूडामणि आचार्य कोरोना सङ्क्रमित

प्रदेश एकका मुख्य न्यायायाधिवक्ता चूडामणि आचार्यमा कोरोना सङक्रमण देखिएको छ । विराटनगरमै रहनुभएका उहाँलाई कसरी कोरोना सङ्क्रमण भयो भन्ने विवरण भने खुलेको छैन । विराटनगर पाँच स्थायी ठेगाना भएका मुख्य न्यायाधिवक्ता आचार्य सहित परिवारका तीनजना सदस्यलाई कोरोना सङ्क्रमण देखिएको छ । मुख्य न्यायाधिवक्ता आचार्यलाई एक साता अघि दुई दिनजति सामान्य ज्वरो आएको थियो । हिजो […]

सत्तारुढ दल नेकपाका अध्यक्षद्वय बीचको छलफल आजपनि निस्कर्ष बिहीन

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको वार्ता आज पनि निष्कर्ष बिहीन भएको छ । आज बिहान बालुवाटारमा भएको छलफलमा अध्यक्षद्वयसँगै वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ पनि सहभागी हुनुभएको थियो । प्रधानमन्त्रीसमेत रहनुभएका ओली जारी स्थायी कमिटी बैठकलाई निरन्तरता दिन समेत तयार हुनुभएको […]

नेपालमा एकैदिन थपिए ४ सय १८ जना नयाँ कोरोना सङ्क्रमित

नेपालमा पछिल्लो २४ घन्टामा थप ४ सय १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोभिड–१९ सम्बन्धी जानकारी दिने क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप ४ सय १८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जानकारी गराउनुभयो । उहाँले यो संख्यासँगै नेपालमा […]

सन्धुली आइसोलेसनमा बसेर उपचार गराइरहेका दुईजनाको पछिल्लो रिपोर्ट पनि पोजेटिभ

सिन्धुली अस्पतालको आईसोलेसन कक्षमा उपचार गराईरहेका दुई जनाको पछिल्लो रिपोर्ट पनि पोजेटिभ अर्थात् कोरोना भएकै आएको छ । कोरोना सङक्रमित कमलामाई नगरपालिका–४ निवासी ३८ बर्षिय पुरुष र कमलामाई नगरपालिका–६ का ६६ बर्षिय पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । सिन्धुली अस्पतालका व्यवस्थापक बिमल श्रेष्ठका अनुसार बैज्ञानिक वन अनुगमन छानविन समितका संयोजक तथा संघीय सांसद प्रदिप […]

आज रक्षाबन्धन पर्व मनाईदै

आज साउन शुक्ल पूर्णिमा, चुडाकर्म गरेका आम तागाधारीले जनै फेरेर मन्त्रोच्चारण गरिएको रक्षासूूत्र बाँधेर रक्षाबन्धन पर्व मनाउँदै छन् । कोरोना भाइरसका कारण सुरक्षित भएर मात्र यज्ञोपवित धारण गर्नुुपर्ने चुनौती देखिएको छ । जनै फेर्नका लागि अघिल्लो दिन नै केश मुन्डन गरेर एकछाक भोजन गर्ने चलन छ । गोबर र तुलसी रोपिएको माटो लगाई नदी वा […]

प्रदेश १ मा सबभन्दा धेरै बलात्कारका घटना

बितेको एक वर्षमा दुई हजार एक सय ४४ वटा बलात्कारका घटना भएकोमा सबभन्दा धेरै बलात्कारका घटना प्रदेश १ मा दर्ता भएका छन् । घटनामा संलग्नहरूलाई कारबाहीको दायरमा ल्याइएको प्रहरीले बताएको छ । उपत्यकामा दुई सय ६६, प्रदेश एकमा चार सय ८५, प्रदेश दुइमा दुइ सय ८८ ओटा बलात्कारका घटना भएका छन् । बागमती प्रदेशमा दुई […]

सिन्धुपाल्चोकको मेलम्ची र बरुवामा बेपत्ता भएका १० मध्ये ५ जनाको शव फेला

अविरल वर्षासँगै आएको पहिरोले मेलम्चीमा पुरिएका ८ कामदार मध्ये ५ जनाको शव भेटिएको छ । तर उनीहरूको पहिचान हुन बाँकी छ । बिहान साढे २ बजेको समयमा मेलम्ची नगरपालिकाको वडा नम्बर ११ मेलम्ची बजारको पिपलबोट छेउमाथीबाट पहिरो गएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक माधव काफ्लेले जानकारी दिनुभयो । पहिरोमा बेपत्ता हुनेहरुमा राजेन्द्र चौरसिया, […]

पर्यटन बोर्डका ४३ जना करारका कर्मचारी कटौती

नेपाल पर्यटन बोर्डले करारमा नियुक्त ४३ जना कर्मचारी कटौती गरेको छ । यस वर्ष झण्डै ६ महिना कमाइविहीन बनेको बोर्डले ४३ जना कर्मचारीको करार नवीकरण नगरेर कटौती गरेको हो । तर, चैत पाँच गतेबाट अन्तर्राष्ट्रिय उडान बन्द भएपछि बोर्डले पाउने आम्दानीसमेत गुमेकाले कटौती गरेको जनाएको हो । बोर्डमा सरसफाइ र भान्सामा काम गर्ने केही कर्मचारीबाहेक […]

ओली–प्रचण्डबीच तीन घण्टा वार्ता भएपनि स्थायी कमिटी अनिश्चित

सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज करिव तीन घण्टा भएको छलफल निष्कर्ष बिहिन भएर टुंगिएको छ । साउन १३ गते ओलीले एकपक्षीय रुपमा बैठक स्थगन र प्रचण्डले आफ्नो अध्यक्षमा बहुमत सदस्य सहित स्थायी कमिटी बैठक राखेको ६ दिनपछि दुई अध्यक्षबीच भेटवार्ता भएको थियो । प्रचण्ड, […]

विवादपछि पशुपतिको गुरुयोजना एक महिनाका लागि स्थगित

पशुपति क्षेत्र विकास कोषले सञ्चालक परिषदबाट पारित गरेको गुरुयोजना संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तत्कालका लागि स्थगन गरेको छ । मन्त्रालयमा आज मन्त्री योगेश भट्टराई, पशुपति क्षेत्र विकास कोषका प्रतिनिधि तथा गुरुयोजनाको विरोधमा रहेकासहितको छलफलपछि अहिलेको गुरुयोजना एक महिनाका लागि स्थगन गर्ने सहमति भएको हो । मन्त्रालयले सरोकारवाल सबै पक्षसँग छलफलका लागि तीन सदस्यीय […]