सन्धुली आइसोलेसनमा बसेर उपचार गराइरहेका दुईजनाको पछिल्लो रिपोर्ट पनि पोजेटिभ

सन्धुली आइसोलेसनमा बसेर उपचार गराइरहेका दुईजनाको पछिल्लो रिपोर्ट पनि पोजेटिभ

सिन्धुली अस्पतालको आईसोलेसन कक्षमा उपचार गराईरहेका दुई जनाको पछिल्लो रिपोर्ट पनि पोजेटिभ अर्थात् कोरोना भएकै आएको छ । कोरोना सङक्रमित कमलामाई नगरपालिका–४ निवासी ३८ बर्षिय पुरुष र कमलामाई नगरपालिका–६ का ६६ बर्षिय पुरुषको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । सिन्धुली अस्पतालका व्यवस्थापक बिमल श्रेष्ठका अनुसार बैज्ञानिक वन अनुगमन छानविन समितका संयोजक तथा संघीय सांसद प्रदिप यादवको नेतृत्वमा साउन १४ गते सिन्धुली आएको टोलीलाई सम्पर्क गर्ने ४६ जनाको पनि स्वाव संकलन गरि पीसीआर परिक्षण गर्न प्रादेशिक अस्पताल हेटाँैडा पठाईएको थियो । उनीहरू सबैको भने कोरोना रिपोट नेगेटिभ अर्थात् कोरोना नभएको आएको छ ।

डिभिजन वन कार्यालय सिन्धुलीका प्रमुख सहित वनका १५ जना, सिन्धुली अस्पतालमा कार्यरत १८ जना स्वास्थ्यकर्मी, कमलामाई नगरपालिका प्रमुख सहित ३ जना, पत्रकार ३ जना, सिन्धुली अस्पतालमा आईसोलेसन कक्षमा भर्ना भई उपचार गराईरहेका दुई जना र अन्य गरी ४८ जनाको स्वाब सङकलन गरि परीक्षण गर्न पठाइएको थियो । संघीय सांसद यादवलाई कोभिड–१९ को सङक्रमण पुष्टि भएकाले टोलीको सम्पर्कमा रहेका वन कार्यालयका कर्मचारी, कमलामाई नगरपालिका प्रमुख र पत्रकार सहितका व्यक्तिमा पनि कोरोनाको संक्रमण हुनसक्ने आशंकामा जिल्लाबासी त्रासमा रहेका थिए । समितिका संयोजक सासंद यादवको नेतृत्वमा आएको टोलीले साउन १४ गते जिल्लाको दुधौली नगरपालिका–३ मा रहेको विकासपुर सामुदायिक वनका उपभोक्ताहरूसँग अन्र्तक्रिया र वैज्ञानिक वन अन्र्तगत भएको रुख कटानको स्थलगत अनुगमन समेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार