प्रदेश १ मा सबभन्दा धेरै बलात्कारका घटना

प्रदेश १ मा सबभन्दा धेरै बलात्कारका घटना

बितेको एक वर्षमा दुई हजार एक सय ४४ वटा बलात्कारका घटना भएकोमा सबभन्दा धेरै बलात्कारका घटना प्रदेश १ मा दर्ता भएका छन् । घटनामा संलग्नहरूलाई कारबाहीको दायरमा ल्याइएको प्रहरीले बताएको छ । उपत्यकामा दुई सय ६६, प्रदेश एकमा चार सय ८५, प्रदेश दुइमा दुइ सय ८८ ओटा बलात्कारका घटना भएका छन् । बागमती प्रदेशमा दुई सय ५६, गण्डकी प्रदेशमा एक सय ६१, प्रदेश पाँचमा तीन सय ४८, कर्णाली प्रदेशमा एक सय ३९ र सुदुर पश्चिम प्रदेशमा दुइ सय वटा बलात्कार सम्बन्धी घटना भएको नेपाल प्रहरीको महिला तथा बालबालिका सेवा निर्देशनालयका प्रमुख वरिष्ठ प्रहरी उपरिक्षक दुर्गा सिंहले जानकारी दिनुभयो । देशभर ६ सय ८७ वटा मुद्धा बलात्कार प्रयाससँग सम्बन्धी दर्ता भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार