प्रदेश एकका मुख्य न्यायाधिवक्ता चूडामणि आचार्य कोरोना सङ्क्रमित

प्रदेश एकका मुख्य न्यायाधिवक्ता चूडामणि आचार्य कोरोना सङ्क्रमित

प्रदेश एकका मुख्य न्यायायाधिवक्ता चूडामणि आचार्यमा कोरोना सङक्रमण देखिएको छ । विराटनगरमै रहनुभएका उहाँलाई कसरी कोरोना सङ्क्रमण भयो भन्ने विवरण भने खुलेको छैन । विराटनगर पाँच स्थायी ठेगाना भएका मुख्य न्यायाधिवक्ता आचार्य सहित परिवारका तीनजना सदस्यलाई कोरोना सङ्क्रमण देखिएको छ । मुख्य न्यायाधिवक्ता आचार्यलाई एक साता अघि दुई दिनजति सामान्य ज्वरो आएको थियो । हिजो उहाँसहित उहाँको घरका सदस्यको कोरोना जाँच गर्दा परिवारका तीनजना सदस्यमा कोरोना देखिएको हो । तीनै जनालाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ । उहाँ नियमितरुपमा कार्यलयको काम र बैठकमा सहभागी भइरहनुभएको थियो । बैठकका क्रममा सुरक्षाकर्मी वा अरु कसैबाट कोरोना सरेको हुन सक्ने अनुमान गरिएको छ । प्रदेश सरकारका मुख्य न्यायाधिवक्तालाई नै कोरोना सङ्क्रमण देखिएपछि मुख्यमन्त्री, मन्त्री र प्रदेश सरकारका कर्मचारी पनि सतर्क बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार