पर्यटन बोर्डका ४३ जना करारका कर्मचारी कटौती

पर्यटन बोर्डका ४३ जना करारका कर्मचारी कटौती

नेपाल पर्यटन बोर्डले करारमा नियुक्त ४३ जना कर्मचारी कटौती गरेको छ । यस वर्ष झण्डै ६ महिना कमाइविहीन बनेको बोर्डले ४३ जना कर्मचारीको करार नवीकरण नगरेर कटौती गरेको हो । तर, चैत पाँच गतेबाट अन्तर्राष्ट्रिय उडान बन्द भएपछि बोर्डले पाउने आम्दानीसमेत गुमेकाले कटौती गरेको जनाएको हो । बोर्डमा सरसफाइ र भान्सामा काम गर्ने केही कर्मचारीबाहेक सबै करारका कर्मचारीलाई बोर्डले नवीकरण नगरेको बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले जानकारी दिनुभयो । यस वर्ष बोर्डले विदेशमा विज्ञापनका लागि गर्ने खर्च समेत रद्द गरेको छ । विदेशी सञ्चार माध्यममा गन्तब्य प्रवद्र्धनका लागि छुट्याइएको बजेटले यस वर्ष निरन्तरता नपाएको बोर्डले जनाएको छ । यो वर्ष डिजिटल माध्यमलाई प्रयोग गरेर प्रवद्र्धनको कामलाई प्राथमिकता दिइने भएको छ । नेपाललाई सुरक्षित गन्तब्यका रुपमा स्थापित गर्न बजेट केन्द्रित रहेको अधिृकत रेग्मीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार