अत्यावश्यक काम नपरी काठमाडौं नआउन सरकारको आग्रह

सरकारले सर्वसाधारणलाई अत्यावश्यक काम नपरी काठमाडौं उपत्यका नआउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंमा कोरोना संक्रमणको उच्च जोखिम देखिएको भन्दै यस्तो आग्रह गरेको हो । कोभिड–१९ सम्बन्धी नियमित जानकारीका क्रममा हिजो मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले अत्याआवश्यक काम नपरि उपत्यकामा सकभर कोही पनि नआउन आग्रह गर्नुभयो । उपत्यकामा यतिबेला सङ्क्रमणको दर बढीरहेको […]

भारतमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या १ लाख नाघ्यो

भारतका कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको संख्या एक लाख नाघेको छ । पछिल्लो २४ घन्टामा थप एक हजार ६९ जनाको मृत्यु भएसँगै भारतमा मृतकको संख्या एक लाखभन्दा बढी पुगेको हो । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिलेसम्म कोरोनाका कारण एक लाख ८४२ जनाको मृत्यु भएको जनाएको छ । भारतमा एकैदिनमा सङ्क्रमित हुनेहरुको संख्यामा […]

ह्विप जारी गरेरै भए पनि प्रदेश ५ को राजधानी र नाम पारित गर्ने नेकपाको निर्णय ।।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रदेश ५ संसदीय दलको बैठकले प्रदेश सरकारले प्रदेशसभामा पेस गरेको स्थायी राजधानी र नामाकरणको प्रस्ताव पास गर्ने निर्णय गरेको छ । आज मुख्यमन्त्री निवासमा बसेको संसदीय दलको बैठकले ह्विप जारी गरेरै भए पनि सरकारले ल्याएको प्रस्तावलाई पास गर्ने निर्णय गरेको नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिनुभयो । प्रदेश […]

नेपालमा थप दुई हजार १ सय २० जनामा कोरोना संक्रमण पुष्टि

गत २४ घण्टामा नेपालमा थप २ हजार १ सय २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १२ हजार ९ सय ७८ जनाको पीसीआर गर्दा आज २ हजार १ सय २० जनामा कोरोना पुष्टि भएको हो । योसँगै सङ्क्रमितको संख्या ८४ हजार ५ सय ७० पुगेको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा २ हजार ४४ […]

मेयरको गाउँमा बल्ल बल्यो विजुली बत्ती , स्थानिय हर्षित

रामेछाप जिल्लाको रामेछाप नगरपालिकाका नगर प्रमुख नर बहादुर थापा मगरको जन्म गाउँ वडा नम्बर ४ हिमगंगा बोलङ्ग बोलङ्गमा विजुली बत्ती बलेको छ । रामेछाप नगरपालिकाको विशेष पहल र नेपाल विद्युत प्राधिकरण रामेछापको सक्रियतामा बोलङ्ग बोलङ्गमा विजुली बत्ती बलेको हो । रामेछाप जिल्लाकै दुर्गम ठाउँ हिमगंगा बोलङ्ग बोलङ्गका नागरीकहरु घरघरमा विजुली बत्ती बेलेपछि खुशि भएका छन […]

नेपालमै उत्पादित कोरोनाको औषधिको ‘क्लिनिकल ट्रायल’ हुने

कोरोना भाइरसको उपचारमा सहयोग पुग्नेगरी नेपालमै उत्पादित औषधिको क्लिनिकल ट्रायल हुने भएको छ । नेपाल स्वास्थ्य विज्ञान अनुसन्धान परिषद्ले नेपालमै उत्पादित फ्याबिपिराभेल नामक औषधिलाई कोभिड–१९ को लागि क्लिनिकल ट्रायल गर्न लागिएको जनाएको हो । कोभिडसँग मिल्दो भाइरसका लागि जापान, चीन, रसिया लगायतका देशमा प्रयोग भइरहेको फ्याबिपिराभेल नामक औषधिलाई कोभिड–१९ को लागि पनि तेस्रो चरणको क्लिनिकल […]

अब २५ हजार सक्रिय सङ्क्रमित पुगे पनि लकडाउन नहुने

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशैभर २५ हजार सक्रिय सङ्क्रमित पुगे पनि लकडाउन नगर्ने जनाएको छ । मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले तत्काल लकडाउन गर्ने योजना नभएको स्पष्ट पार्नुभयो । गएको ७ गते स्वास्थ्य सचिव लक्ष्मण अर्यालको अध्यक्षतामा बसेको इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले २५ हजार जना सक्रिय सङ्क्रमित भए सरकार मातहत रहेका अस्पतालले उपचारको व्यवस्थापन गर्न […]

५ दिनदेखि बन्द राष्ट्रिय वाणिज्य बैँक रामेछाप डाँडा आइतबारदेखि खुल्ने

५ दिनदेखि बन्द राष्ट्रिय वाणिज्य बैँक रामेछाप डाँडा आइतबारदेखि खुल्ने भएको छ । बैँकका प्रबन्धकलाई एक हप्ता अघि कोरोना पुष्टिएपछि बैँकबाट प्रदान गरिने सम्पुर्ण सेवाहरु २०७७ असोज ११ गते देखि बन्द थियो । कोरोना संक्रमित बैंकका प्रबन्धकको प्रत्यक्ष सम्पर्कमा रहेका बैंकका कर्मचारी र रामेछाप बजारका केही व्यतिहरु सहित १६ जनाको पिसिआर परिक्षण गरिएको थियो । […]

नेपालमा आज सम्म ७९ हजार ७ सय २८ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ९ सय ११ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित जानकारीका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार ९ सय ११ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको जानकारी दिनुभयो । आज थपिएका सङ्क्रमितसँगै देशभर कुल सङ्क्रमितको संख्या […]

रामेछापका ३२ जनाको रिपोर्ट आउन बाँकी, ४४ जना क्वारेन्टिनमा

रामेछाप जिल्लामा विहिबार अर्थात आजसम्म १५ सय १६ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ को परीक्षण गरिएको छ । यि मध्ये १४ सय १० जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ७४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । अझै ३२ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । जिल्लामा विभिन्न समयमा […]