असार १६ गते राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बस्ने एमालेको निर्णय

नेकपा एमालेले आगामी असार १६ गते दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ । आज बिहान बालुवाटारमा बसेको अध्यक्ष केपी शर्मा ओली पक्षीय स्थायी समिति बैठकले असार १६ गते महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको हो । बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले पछिल्लो राजनीतिक स्थिति, कोभिड महामारी र राष्ट्रिय राजनीतिका बारेमा संक्षिप्त तर गहन छलफल भएको […]

माथिल्लो तामाकोशीको प्राविधिक परीक्षण आजबाट, आगामी हप्ताबाट विद्युत उत्पादन सुरु गरिने

बहुप्रतीक्षित राष्ट्रीय गौरवको आयोजनामाथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आगामी हप्ताबाट १ सय ५२ मेगावाट विद्युत् उत्पादन सुरु गर्ने भएको छ । असार मसान्तभित्रै आयोजनाका दुई युनिटबाट बिजुली उत्पादन गर्ने गरी आवश्यक तयारी अन्तिम चरणमा पुगेको र आजबाट प्राविधिक परीक्षण सुरु गरिने आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो चरणमा पहिलो युनिटको परीक्षण […]

चीन–नेपाल रेलमार्ग जोड्न सगरमाथा क्षेत्रमा ३० किलोमिटर सुरुङ खन्ने प्रस्ताव

नेपाललाई रेलमार्गसँग जोड्न संरक्षित क्षेत्र सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा ३० किलोमिटर सुरुङ खन्ने प्रस्ताव चिनले गरेको छ।चीन–नेपाल महत्वाकांक्षी रेलमार्ग परियोजनामा आवद्ध एक वरिष्ठ चिनियाँ इन्जिनियरले विश्वको सर्वोच्च शिखर सगरमाथा वरिपरीबाट रेलमार्ग निर्माण गर्नु बाहेकको उपयुक्त विकल्प नदेखिएको बताएका छन्। रेलमार्गले दुई देशलाई जोड्न सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा ३० किलोमिटर सुरुङ खन्ने प्रस्ताव दुवै देशका सरकारलाई […]

प्रधानमन्त्री ओलीको धोकाले आफुहरु दिक्क भएको नेता नेपालको भनाइ

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले केपी ओलीको पटक–पटकको धोका र चालबाजीले आफूहरू दिक्क भएर विद्रोहा उत्रिएको बताउनुभएको छ । आज राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रममा नेता नेपालले ओली कुनै पनि हालतमा नसुध्रने दाबी गर्दै उहाँले बालुवा पेलेर तेल ननिक्लने दाबी गर्नुभयो । नेता नेपालले आफूहरुको लडाइँ केपी ओली व्यक्तिविरुद्ध नभई ओलीप्रवृत्तिविरुद्ध रहेको बताउनुभयो । लोकतन्त्रको […]

रामेछाप मन्थलीमा जुवाखालबाट ५ जना पक्राउ

रामेछापको सदरमुकाम मन्थलीबाट जुवा खेल्दै गरेका ५ जनालाई शुक्रबार मध्यराति प्रहरीले पक्राउ गरेको छ । जुवाखालबाट कौडासहित नगद समेत बरामद भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक नबराज ढुंगानाका अनुसार कोभिड संक्रमणका बेला लगाएको निषेधाज्ञा समेतलाई अवज्ञा गरी जुवा खेलिरहेको सूचनाका आधारमा मन्थली–१ घारीटोलका चन्दबहादुर माझीको घरमा प्रहरीले मध्यरात छापा […]

सुनापती गाउँपालिकाले एकल पुरुषलाई भत्ता दिने

रामेछापको सुनापति गाउपालिकाले एकल महिला सरह एकल पुरुषलाई पनि मासिक भत्ता दिने भएको छ । आर्थिक बर्ष २०७८÷०७९ को निति तथा कार्यक्रममा एकल पुरुषलाई भक्ता दिन बजेट विनियोजन गर्ने कुरा उल्लेख छ । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कमलराज श्रेष्ठका अनुसार के कसरी एकल पुरुषलाई भक्ता दिने भन्नेबारेमा कार्यविधी बनाउने तयारी भईरहेको छ । केहि दिनमै […]

रामेछापका ८ वटै स्थानिय तहकोे बजेट : स्वास्थ्य, कृषि, पर्यटन र रोजगारीलाई प्राथमिकता

रामेछापका ८ वटै स्थानिय तहले आर्थिक वर्ष २०७८÷७९ को लागि बजेट ल्याएका छन । यस वर्ष सबैभन्दा धेरै बजेट मन्थली नगरपालिकाले ल्याएको छ भने सबैभन्दा कम बजेट सुनापती गाउँपालिकाले ल्याएको छ । जिल्लाका धेरै स्थानिय तहहरुले स्वास्थ्य कृषि, पर्यटन र रोजगारीलाई प्राथमिकता दिएर बजेट ल्याएका छन । रामेछाप नगरपालिकाले ल्यायो ६३ करोड १९ लाखको बजेट […]

रामेछाप सहित मुलुकका बिभिन्न स्थानमा वर्षाको सम्भावना

काठमाडौँ उपत्यका सहित देशका बिभिन्न स्थानमा बिहानैदेखि पानी परिरहेको छ । आज सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भोलिसम्म नै पानी पर्ने सम्भावना रहेको महाशाखाको भनाइ छ । अहिले प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा पूर्ण बदली रही बाँकी प्रदेशमा सामान्य बदली […]

बाढीपहिरो प्रभावित क्षेत्रका नागरिकलाई खोपमा प्राथमिकता दिइने

बाढीपहिरो प्रभावित क्षेत्रका नागरिकलाई नोबेल कोरोना विरुद्धको खोप प्राथमिकताका साथ लगाइने भएको छ । उनीहरूलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन प्राथमिकता दिने निर्णय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको हो । नवनियुक्त मन्त्री कृष्णगोपाल श्रेष्ठले चाँडै नै कोभिड–१९ विरुद्धको खोप ल्याउनका लागि विभिन्न मुलुकसँग छलफल भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार कोभिड–१९ को तेस्रो लहरका लागि अहिलेदेखि […]

रामेछाप नगरपालिकाले सार्वजनिक गर्यो ६३ करोड १९ लाखको बजेट

रामेछाप जिल्लाको रामेछाप नगरपालिकाले ६३ करोड १९ लाख ४४ हजार ६ सय ६५ रुपैयाँ ५२ पैसा बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन लगाएतलाई मुख्य प्राथमिकतामा राखेर बजेट सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्षको निति,कार्यक्रम तथा बजेट नगरपालिकाका उपप्रमुख सृजना खड्काले प्रस्तुत गर्नुभयो । नगरपालिकाले आव ७७,७८ मा चालु तर्फ […]