असार १६ गते राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बस्ने एमालेको निर्णय

असार १६ गते राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बस्ने एमालेको निर्णय

नेकपा एमालेले आगामी असार १६ गते दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ । आज बिहान बालुवाटारमा बसेको अध्यक्ष केपी शर्मा ओली पक्षीय स्थायी समिति बैठकले असार १६ गते महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको हो । बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले पछिल्लो राजनीतिक स्थिति, कोभिड महामारी र राष्ट्रिय राजनीतिका बारेमा संक्षिप्त तर गहन छलफल भएको बताउनुभयो ।

एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले पार्टी एकताका लागि २०७५ जेठ २ को अवस्थामा पार्टी कमिटीको बैठक बोलाउनुपर्ने माग गरिरहेका बेला ओलीले त्यसलाई बेवास्ता गर्दै आयोजक कमिटीको बैठक बोलाउनुभएको हो । यसअघि सर्वोच्च अदालतले समेत आयोजक कमिटीलाई नचिन्ने भन्दै कमिटीले गरेको कारवाहीको निर्णय वैधानिक नभएको आदेश दिएको थियो । सर्वोच्चको आदेशलाई समेत बेवास्ता गर्दै बैठक बोलाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार