प्रधानमन्त्री ओलीको धोकाले आफुहरु दिक्क भएको नेता नेपालको भनाइ

प्रधानमन्त्री ओलीको धोकाले आफुहरु दिक्क भएको नेता नेपालको भनाइ

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले केपी ओलीको पटक–पटकको धोका र चालबाजीले आफूहरू दिक्क भएर विद्रोहा उत्रिएको बताउनुभएको छ । आज राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रममा नेता नेपालले ओली कुनै पनि हालतमा नसुध्रने दाबी गर्दै उहाँले बालुवा पेलेर तेल ननिक्लने दाबी गर्नुभयो ।

नेता नेपालले आफूहरुको लडाइँ केपी ओली व्यक्तिविरुद्ध नभई ओलीप्रवृत्तिविरुद्ध रहेको बताउनुभयो । लोकतन्त्रको रक्षा, जनताको अधिकार रक्षा, संविधान बचाउन, संघीयता जोगाउन आफूहरूको लडाइँ भएको स्पष्ट पार्नुभयो ।

पाँच दलीय गठबन्धनले राजनीतिक बिटका पत्रकारसँग गरेको अन्तरक्रियामा नेता नेपालले तल्लो तहले आफुलाइ विश्वास गरेको र त्यसकै कारण आफुलाइ आँट आएको पनि बताउनुभयो । ओलीबाट आफूलाई प्रधानमन्त्रीको प्रस्तावसमेत आएको उहाँको भनाइ छ । आफुलाइ प्रधानमन्त्रीको प्रस्ताव आइसकेको तरकाँग्रेस सभापति शेरबहादुर देउवालाई बिचमै छोड्न नचाहेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार