रामपुरमा पोखरी खन्ने कामलाई तिव्रता दिएका छौँ : वडाअध्यक्ष भिम ब तामाङसँगको अन्तरवार्ता

विकासका नाममा ग्रामिण सडकको निर्माणले पानीका मुहान सुकेकाले धेरै मानिसलाई समस्या परेको छ । वातावरणीय समस्या समाधानको पहिलो दायित्व स्थानीय सरकारको भनिएतापनि यसका प्राविधिक विषयतर्फ रामेछापका स्थानीय सरकारको खासै ध्यान गएको पाईदैन । वातावरणमा प्रत्यक्ष असर पारिरहेका फोहरमैला व्यवस्थापन, प्रदूषण न्युनीकरण, नदीजन्य पदार्थ उत्खनन्, स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन, जलवायु परिवर्तनका, प्राकृतिक प्रकोप लगायतका असर न्यूनीकरण गर्न […]

काँग्रेसको १३ जिल्लामा क्रियाशिल सदस्यता विवाद कायमै, महाधिवेशन कार्यतालिका प्रभावित हुने

क्रियाशिल सदस्यता वितरण सम्बन्धी विवाद पूर्ण रुपमा समाधान नहुँदा नेपाली काँग्रेसको महाधिवेशनको कार्यतालिकामा नै प्रभावित हुने देखिएको छ । शिर्ष नेताहरुले मिति सार्न कसरत गरिरहेको भन्दै नेता शेखर कोइराला, गगन थापा लगायतले खबरदारी गरिरहेका छन् । तर, हिजो बिहान सिंहदरवारमा बसेको पदाधिकारी बैठकले केन्द्रीय महाधिवेशन मंसिर ९ देखि १३ गते नै गर्ने निर्णय दोहो¥याएको छ […]

रामेछापमा चोरी डकैती गर्ने चार जना पक्राउ

भरुवा बन्दुक सहित धारिलो हतियार देखाएर त्रसित बनाई चोरी डकैती गर्ने चार जनालाई जिल्ला प्रहरी कार्यालय रामेछापले सार्वजनिक गरेको छ । सार्वजनिक हुनेहरुमा गोकुलगंगा गाउँपालीका ६ बस्ने क्रमश ठुला भन्ने ३३ बर्षिय मिलन तामङ्ग,बर्ष २६ को राहुल भन्ने लाल बहादुर तामाङ्ग,जंगे भन्ने ३४ वर्षिय आकास तामाङ्ग,र वर्ष १८ को आषिश भन्ने भूमिराज तामाङ्ग रहेका छन् […]

यस वर्ष दशैंको टीकाको साइत बिहान १० बजेर २ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादशैँका विभिन्न साइत सार्वजनिक गरेको छ ।असोज २१ गते बिहीबार बिहान ११ः४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११ः४६ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्छ । असोज २२ गते शुक्रबार झण्डा […]

रोकिएको सरकारी खर्च आज नियमित हुने

८ दिनदेखि रोकिएको बजेट खर्च आजबाट नियमित हुने भएको छ । चालु आर्थिक वर्षको बजेटसम्बन्धी विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीबाट हिजो प्रमाणीकरण भएपछि बजेट खर्चको बाटो खुलेको हो । प्रतिनिधिसभा र राष्ट्रियसभामा नेकपा एमालेको नाराबाजीबीच विनियोजन विधेयक पारित भएपछि प्रमाणीकरणका लागि सभामुखले हिजो राष्ट्रपतिसमक्ष पठाउनुभएको थियो । हिजो साँझ बजेट विधेयक प्रमाणीकरण भएको राष्ट्रपति कार्यालयले विज्ञप्ति […]

एभोकाडो चोरेको आरोपमा रामेछापका २ सहित १२ जना पक्राउ

पूर्व प्रहरी महानिरीक्षक मोतीलाल बोहोराको घरबाट एभोकाडो चोरेको आरोपमा १२ जना पक्राउ परेका छन् ।नयाँबानेश्वरको संगम चोकस्थित बोहोराको घरबाट यही असोज १ गते एभोकाडो चोरी भएको थियो । त्यसपछि बानेश्वर प्रहरी र अपराध महाशाखाको टोलीले अनुसन्धान गर्दा १२ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा रामेछापका सन्जिव खड्का, रामेछापका निरज नेपाली,मकवानपुरका रोज राई, काभ्रेका यमबहादुर […]

सुपथ मुल्यमा सामान पाएपछी उपभोक्ता खुसी

दशैँ तिहार र छठ पर्वलाइ लक्षित गर्दै सरकारले देशभरका बिभिन्न ७८ स्थानमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । बजारको तुलनामा सस्तोमा सामान पाइने भएपछि शहर बजारका नागरिक उत्साहित भएका छन् । तर यस्ता पसल गाउँ गाउँ सम्म सञ्चालन गर्नुपर्ने आम उपभोक्ताको भनाइ छ । सरकारले चलाएको सस्तो पसलमा चामल, दाल, घिउ, आँँटा, चीनि, जिरा, […]

रामेछाप गोठगाउँमा पहिरोले ३ घरमा क्षति ७ घर उच्च जोखिममा

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं १ गोठगाउँमा गएराति अबिरल वर्षासंगै खसेको पहिरोले क्षति पुर्याएको छ । गोठगाउको बाहुन टोलमा घरमाथिको सडकबाट बगेको पानीले जमिन गलेर पहिरो जाँदा ३ घर पुर्ण रुपमा क्षति भएको वडाअध्यक्ष नर ब थापाले जानकारी दिनुभयो । प्रदेश सरकारले निर्माण गरेको सडकको नाला नखनी सडक निर्माण गर्दा आज यो अवस्था आएको […]

रामेछाप र सिन्धुली जिल्ला हेर्ने गरी रामेछाप डाँडामा भू तथा जलाधार व्यवस्थापन कार्यालय

रामेछापमा दुई वटा जिल्लालाई हेर्ने गरी भू तथा जलाधार व्यवस्थापन कार्यालय स्थापना भएको छ । रामेछाप र सिन्धुली जिल्ला हेर्ने गरी जिल्लामा वाग्मती प्रदेश सरकार अन्तर्गतको कार्यालय स्थापना गरिएको हो । कार्यालयको मङ्गलबार बागमती प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री शान्तिप्रसाद पौडेलले उद्घाटन गर्नुभएको हो । मुलुक संघियतामा गए संगै खारेजिमा परेको जिल्ला भू […]

कोरोनाका सक्रिय सङ्क्रमित घट्दै, सावधानी अपनाउन विज्ञको अनुरोध

नेपालमा पछिल्लो समय कोरोनाका नयाँ सङ्क्रमित थपिनेको सङ्ख्यामा कमी आएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या पनि घट्न थालेको छ । एक साताअघि ३२ जिल्लामा सक्रिय सङ्क्रमित रहेकोमा हाल ३० जिल्लामा मात्रै सक्रिय सङ्क्रमित छन् । देशभरका ४७ जिल्लामा शून्य सङ्क्रमित रहेका छन् । ३० जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या २२ हजार ३ सय २३ रहेको छ । सङ्क्रमणदर […]