बागमती प्रदेशमा गाडी भाडा घट्यो

बागमती प्रदेश सरकारले प्रदेशभित्र चल्ने सार्वजनिक सवारीको भाडा घटाएको छ । ५ प्रतिशतसम्म तेलको मूल्य घटबढ भएपछि भाडा समायोजन गर्नुपर्ने व्यवस्थाअनुसार यसपटक मूल्य घटेको हो । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले भाडा घटाउने निर्णय गरेर राजपत्रमा प्रकाशनका लागि आन्तरिक मामिला मन्त्रालयमा पठाएको मन्त्रालयका प्रवक्ता शंकरराज पाठकले जानकारी दिए । राजपत्रमा प्रकाशन भएपछि नयाँ […]

रामेछाप सैपुमा करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु

माछा मार्ने क्रममा करेन्ट लागेर रामेछापको लिखु तामाकोशी गाउँपालिका २ सैपुका २९ वर्षीय युवक सुवास कार्कीको मृत्यु भएको छ । सोमबार लिखु नदीमा व्याट्रीबाट करेन्ट जोडेर माछा मार्ने क्रममा उनलाई करेन्ट लागेको स्थानीयहरूले बताएका छन् । कार्कीको घटनास्थलमै मृत्यु भएको हो । लिखु नदीमा करेन्ट लगाएर माछा मार्ने क्रम केही वर्ष अघिदेखि चल्दै आएको छ […]

लक्ष्मी आयल स्टोर्सलाई २ लाख जरिवाना

तोकिएभन्दा बढी मूल्यमा पेट्रोलियम पदार्थ बिक्री गरेको भेटिएपछि रामेछापको सदरमुकाम मन्थलीको लक्ष्मी आयल स्टोर्सलाई २ लाख जरिवाना गरिएको छ । जिल्ला प्रशासन कार्यालयले सोमबार गरेको निरीक्षणको क्रममा पुरानै बिल प्रयोग गरी सरकारले तोकेभन्दा बढी मूल्यमा इन्धन बिक्री गरेको भेटिएपछि उक्त जरिवाना गरेको जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले नागरिकको गुनासोका आधारमा निरीक्षणको […]

काठमाडौंमा रामेछापकी एक महिलाले गरिन् आफैंले आगो लगाएर आत्महत्या

रामेछापका एक महिलाले काठमाडौंमा शरीरमा आगो लगाएर आत्महत्या गरेकी छन् । रामेछापको मन्थली नगरपालिका वडा नं ४ घर भई काठमाडौं चन्द्रागिरि नगरपालिका–९ मच्छेगाउँ बस्दै आएकी ३६ वर्षीय शान्ति श्रेष्ठले आगो लगाएर आत्महत्या गरेको त्यहाँका प्रहरी सहायक निरीक्षक श्याम तामाङले जानकारी दिनुभयो । प्रहरीका अनुसार श्रेष्ठले शुक्रबार दिउँसो पौने ३ बजेको समयमा पेट्रोल छर्केर आगो लगाएकी […]

रामेछापको खाँडादेवि गाउँपालिकामा ट्रिपर दुर्घटना हुँदा चालक गम्भिर घाईते

रामेछापको खाँडादेवि गाउँपालिकामा ट्रिपर दुर्घटना हुँदा चालक गम्भिर घाईते भएका छन् । दुर्घटनामा परी मन्थली नगरपालिका १४ फुलासीका ३२ वर्षिय ट्रिपर चालक सुरज तमाङ गम्भिर घाईते भएका हुन् । खाँडादेवि गाउँपालिका ४ सिम्लेस्थित रजगाउँबाट बालुवा लोड गरेर खाँडादेवितर्फ जाँदै गरेको बा २ क ८१६६ नम्बरको ट्रिपर बिहिबार दिउँसो आफै अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको […]

सुनकोशी–३ जलविद्युत आयोजनामा नेपाल र बंगलादेशले संयुक्त लगानी गर्ने

काभ्रेपलाञ्चोक र रामेछाप जिल्लाको सिमानामा बन्ने गरी पहिचान भएको ६८३ मेगावाटको सुनकोशी–३ जलविद्युत आयोजनामा नेपाल र बंगलादेशले संयुक्त लगानी गर्ने निर्णय भएको छ । नेपाल र बंगलादेशका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकमा सुनकोशी–३ जलविद्युत आयोजनाको निर्माणका लागि ६ महिनाभित्र दूबै देशबीच हस्ताक्षर गर्ने निर्णय भएको हो । ऊर्जा मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटवालले जारी गरेको […]

दुई जना फरार अभियुक्त रामेछापबाट पक्राउ

रामेछाप प्रहरीले दुई जना फरार अभियुक्तलाई पक्राउ गरेको छ । कुटपिट र जवरजस्ती करणी मुद्धाका दुई फरार अभियुक्त पक्राउ परेका हुन । प्रहरीले कुटपिट अंगभंग मुद्धाको फरार अभियुक्त रामेछाप नगरपालिका–५ का ३२ वर्षीय दिप कुमार तामाङ र जवरजस्ती करणी मुद्धाको प्रतिवादी लिखु तामाकोशी गाउँपालिका ३ का ४९ वर्षीय सिंग बहादुर कामीलाई पक्राउ गरेको हो । […]

नक्कली भुटानी शरणार्थी प्रकरण:प्रहरी कार्यालयमा पुगे रामेछापका पूर्वसभासद शेर्पा

रामेछाप जिल्लाबाट निर्वाचित नेपाली कांग्रेसका पूर्वसभासद आङटावा शेर्पा प्रहरी कार्यालयमा उपस्थित भएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुले बयानका क्रममा संलग्नता रहेको बताएपछि प्रहरीको आग्रहमा जिल्ला अदालत काठमाडौंले आइतबार शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकारीले शेर्पा प्रहरी कार्यालयमा आइपुगेको जानकारी दिए । शेर्पा २०७० मा कांग्रेसका […]

नक्कली भुटानी शरणार्थी प्रकरणमा रामेछापका पूर्वसभासद् शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी

नक्कली भुटानी शरणार्थी प्रकरणमा रामेछापका पूर्वसभासद् आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । शेर्पाविरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको काठमाडौं प्रहरी परिसर स्रोतले बताएको छ । शेर्पाले अमेरिका पठाइदिने भन्दै जिल्लाका विभिन्न व्यक्तिहरुबाट रकम असुलेको र यो प्रकरण सार्वजनिक भएपछि आरोपी सानु भण्डारीलाई थुनामा नै गएर भेटेको आरोप छ । शेर्पा २०७० मा कांग्रेसका […]

सांसद कान्छारामले ओखलढुंगामा सडक अलपत्र पारेको भन्दै प्रदर्शन

ओखलढुंगामा सडकको ठेक्का लिएर राजनीतिक पहुँचका आधारमा काम अलपत्र पारेको भन्दै ठेकेदार तथा कांग्रेस सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) विरुद्ध स्थानीयले आन्दोलन थालेका छन् । ठेक्का लिएर पेटी ठेकेदारलाई काम जिम्मा दिइ काम अलपत्र पार्ने ठेकेदार तामाङ विरुद्ध स्थानीयले आन्दोलन थालेका हुन् । यसअघि स्थानीयले पटकपटक ठेक्का लगाउने निकाय पूर्वाधार विकास कार्यालय र जिल्ला प्रशासन कार्यालयको […]