बृद्ध आश्रममा रहेकाहरुलाई भोजन

बृद्ध आश्रममा रहेकाहरुलाई भोजन

सर्लाहीको लालबन्दीमा रहेको बृद्ध आश्रममा एक मनकारी परिवारले मिष्ठान्न भोजन गराएका छन् ।
बिहिवार काठमाडौ ,कामनपा ३२ कोटेश्वर निवासी झनक ढुंगेल दम्पती परिवारले बृद्ध आश्रममा मिष्ठान्न भोजन गराएका हुन् ।

कान्छो छोराको बिदेश अध्यन सफलताको लागि आश्रमका आमा बुबा लगायतबाट आशीर्वाद लिन लालबन्दी नगरपालिका–२, जुटपानी स्थित पध्म भुवनेश्वरी नमुना बृद्ध सेवा आश्रममा आश्रित बृद्ध बृद्धाहरुलाई मिष्ठान्न भोजन गराएको ढुंगेल परिवारले जनाएका हुन् ।

मनकारी परिवारले आश्रममा आश्रित बुबा आमाहरुको लागि आज बिहिवार बिहानको खाना सहयोग गरेका आश्रम ब्यवस्थापक भवानी कोईरालाले जानकारी दिईन् । सहयोगि तथा मनकारी परिवारले विभिन्न अवसरमा आएर आश्रमका आश्रित आमाबुबाहरुलाई मिष्ठान्न भोजन गराई दिदा आश्रम ब्यवस्थापनमा समेत टेवा पुगेको आश्रम परिवारको भनाई छ ।

बिगत पाँच बर्षदेखि ढुंगेल परिवारले विभिन्न अवसर पारेर सहयोग गरिरहेको पनि ब्यबस्थापक कोईरालाले बताईन। आश्रम परिवारले मनकारी परिवार प्रति धन्यवाद सहित आभार प्रकट गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार