समाजसेवी प्रदिप घिमिरेको सहयोगमा सडक पेटीमा बस्दै आएका एक पुरुषले देखे आँखा

समाजसेवी प्रदिप घिमिरेको सहयोगमा सडक पेटीमा बस्दै आएका एक पुरुषले देखे आँखा

विगत लामो समयदेखी स्वयम्भुको सडक पेटीमा बस्दै आएका नुर्बु तामाङका दुबै आखाँमा मोतियाबिन्दु भएको थियो । समाजसेवी ओम श्रेष्ठ र प्रदिप घिमिरेको सहयोगमा नुर्वु तामाङको देब्रे आँखाको मोतियाविन्दुको अप्रेशन सफल भएको छ । नुर्वुको अवस्थाबारे तिलगंगा आँखा प्रतिष्ठान प्रशासन समक्ष समाजसेवी प्रदिपले जानकारी गराएपछि तिलगंगा आँखा प्रतिष्ठानले उनको निःशुल्क अप्रेशन गराएको छ । केही समय पश्चात नुर्बुको दाहिने आँखाको पनि अप्रेशन गराउने प्रदिपले जानकारी दिएका छन् ।

उनको अप्रेशनमा विशेष सहयोग गर्ने तिलगंगा आँखा प्रतिष्ठान, त्यहाँ कार्यरत डा. श्याम, कार्यरत कर्मचारीहरु नविना घिमिरे, समिर थापा, खगेन्द्र अधिकारी, बासुदेव अधिकारी, ठूलोबाबु तामाङ लगायत तिलगंगा आँखा प्रतिष्ठानको सिंगो परिवारप्रति प्रदिपले आभार प्रकट गरेका छन् ।

प्रदिपले कोरोनाको समयदेखी काठमाडौंका सडक पेटी, पुलमुनी, ढलको पाइप भित्र, भोक भोकै रात बस्न बाध्य भएका बृद्ध, अशक्त, शारीरिक तथा मानसिक अवस्था कमजोर भएका मानिसहरुलाई रातको समयमा खाना खुवाउँदै आएका छन् । भने समय समयमा लत्ता कपाडा पनि वितरण गर्दै आएका छन् । उनी एक कुशल पत्रकार, लेखक एवम् अध्यात्मिक व्यक्ति पनि हुन् ।

प्रदिपले अप्ठयारोमा परेका जो कोहीलाई सकेको सहयोग गर्दै आएका छन् । उनले गरेको कार्यको उच्च मूल्याङ्कन गर्दै रामेछाप जिल्ला मन्थली नगरपालिकाले प्रशंसा पत्रसहित सम्मान गरेको थियो ।

प्रदिप भन्छन्: हामी जो जसले जहाँ जहाँबाट जे जति सकिन्छ सकेको सहयोग गरौं । सेवा नै धर्म हो । आफू पनि बाँचौं । अरुलाई पनि बचाऔं ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार