रामेछाप ‘मोडेल सिजन–४’ बनिन् सिता र ‘लिटिल मोडेल सिजन–३’ बने योआना

रामेछाप ‘मोडेल सिजन–४’ बनिन् सिता र ‘लिटिल मोडेल सिजन–३’ बने योआना

रामेछाप ‘मोडेल सिजन–४’ को ताज मन्थली नगरपालिका वडा नं २ टेकानपुरकी सिता कार्कीले जितेकी छन् । सिजन ४ को विजेता बनेकी कार्कीले क्राउन,ट्रफि, प्रमाणपत्र, गिफ्ट ह्याम्पर र नगद ७ हजार रुपैयाँ प्राप्त गरेकी छन् ।
त्यस्तै ‘‘लिटिल मोडेल सिजन–३’ मा योआना तामाङ विजेता बनेकी छिन् । उपाधि जितेकी तामाङले ‘लिटिल क्राउन’ ट्रफि, प्रमाणपत्र, गिफ्ट ह्याम्पर र नगद ५ हजार रुपैयाँ प्राप्त गरेकी छन् ।

किङस्टार क्रियसन प्रा.लिको आयोजना र जिल्लाका ५ स्थानीय तहको आर्थिक सहयोगमा सदरमुकाम मन्थलीमा शनिवार सम्पन्न ग्राण्ड फिनालेमा ‘मोडेल रामेछाप सिजन–४’ को उपाधि जित्न कार्की सफल भएकी हुन् । उनले जिल्लाका आठ वटै स्थानीय तहबाट सहभागी हुन पाउने गरी आयोजना भएको सो फिनालेमा १४ देखि २९ वर्ष उमेर भित्रका ९ जना प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि विजयी बनेकी हुन् ।

त्यस्तै ६ देखि १३ वर्ष उमेर समूहका १४ जनाले भाग लिएको लिटिल मोडेल सिजन–३ मा १३ जना प्रतिस्पर्धीलाई पछि पार्दै तामाङले उपाधी जितेकी हुन । मोडेल तर्फ अदिक्षा केसी रनर अप हुँदा एण्ड्रिसा घिमिरे सेकेण्ड रनर अप बनिन् भने,पपुलर च्वाइजमा दिक्षा महत बनिन् ।

त्यस्तै लिटिल मोडेल रामेछाप सिजन–३ तर्फ सरिना मगर ‘फ्रस्ट रनर अफ’ कट्रिन बोहोरा सेकेण्ड ‘रनर अफ’ हुँदा पपुलर च्वाइज मियोना सुनुवार बनिन् । त्यस्तै किङस्टार च्वाइज सुबिना गहतराज बनिन् ।

उपाधि विजेताहरूलाई जिल्ला समन्वय समितिकी प्रमुख चिना खड्का कार्कीले, उपप्रमुख प्रेम सागर थापा, नेपाल (जेसिज) का कार्यकारी उपाध्यक्ष जीवन कार्की लगायतले पुरस्कार प्रदान गरेका थिए । प्रतिस्पर्धीहरु भित्र लुकेर रहेका प्रतिभालाई बाहिर ल्याउने उद्देश्यका साथ विगतका वर्षदेखिनै यो कार्यक्रम गर्दै आएको किङस्टार क्रियसनले आगामी वर्षमा पनि निरन्तरता दिने प्रा.लिका संचालक सुमन खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार