यो वर्ष रामेछापमा १८ प्रतिशत खेतमा मात्रै धान रोपाइँ सम्पन्न

यो वर्ष रामेछापमा १८ प्रतिशत खेतमा मात्रै धान रोपाइँ सम्पन्न

यो वर्ष रामेछाप जिल्लामा १८ प्रतिशत खेतमा मात्रै धान रोपाइँ सम्पन्न भएको छ । असार महिनाको १५ गते बितिसक्दा रामेछाप जिल्लामा १८ प्रतिशत खेतमा मात्रै धान रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र रामेछापका सूचना अधिकारी शर्मिला फुयाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्लाको गोकुलगङ्गा, उमाकुण्ड, र दोरम्बा शैलुङ गाउँपालिका लगायतका क्षेत्रका गरी जम्मा १८ प्रतिशत खेतमा मात्रै धान रोपाइँ भएको छ । रामेछाप जिल्लाभर ७ हजार ८ सय ५९ हेक्टर खेतमा धान रोपाइँ हुँदै आएको छ ।

गोकुलगङ्गा, उमाकुण्ड, दोरम्बा सैलुङ गाउँपालिकाका एक हजार ४१४ दशमलव ६२ हेक्टर खेतमा रोपाइँ भइसकेको छ । कृषि ज्ञान केन्द्र रामेछापका अनुसार गत वर्ष धान रोपाइँ हुने ७ हजार ८ सय ५९ हेक्टर खेत मध्ये यो अवधिसम्म २६ प्रतिशत अर्थात् दुई हजार ४३ दशमलव ३४ हेक्टर खेतमा रोपाइँ भएको थियो । जिल्लाका अधिकांश ठाउँहरुमा आकाशे पानीको भरमा धान रापाइँ हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार