रामेछापमा पछिल्लो केही वर्षयता देउसी,भैलोमा मादलको कम प्रयोग हुँदै

रामेछापमा केही वर्षयता तिहारका समयमा देउसी, भैलो खेल्दा मादलको प्रयोग हुन छाडेको छ । कुनै समय गाउँदेखि सहरसम्म मादलको तालमा सुनिने देउसीका भाका अहिले आक्कलझुक्कल मात्र सुनिन थालेको छ । पछिल्लो पुस्ताले संस्कृति बिर्सँदा मादल पनि विरानो बन्न थालेको हो । नेपालका सबैजसो लोकभाकामा प्रयोग हुने लोकबाजा मादल विशेषगरि तिहारका समयमा बिक्री बढी हुने आशामा […]

रामेछापमा सस्तोमा डलर दिने भन्दै ५ लाख ठगी

नेपाली रुपैयाँ दिएर अमेरिकी डलर साट्दा चलन चल्तीको भन्दा बढी रकम पाइने आश्वासन पाएका दैलेखका एक व्यक्ति शनिबार रामेछापको राकाथुम आएर ठगिएका छन् । खाँडादेवी गाउँपालिका–१ राकाथुमका दलबहादुर लामा र उनका साथीले दैलेख ठाडीकाद गाउँपालिका–४ का प्रदीप कठायतलाई ठगी गरेका हुन् । उनी नेपाली रुपैयाँ १ लाखमा १ हजार अमेरिकी डलर पाउने लोभमा ५ लाख […]

“भिखारी ” – कविता

लेखक: नारद खरेल ‘निडर’ क्यानाडा म भिखारी तिमी भिखारी प्रश्नः कसरी ? यहाँ सबै भिखारी भएपछि (थाहा नहोला) म भिखारी नहुने तिमी भिखारी नहुने कुरै भएन……… लाग्दो हो, यो सोच: – संकृणता हो – मानसिक दुर्बलता हो – नीच दृष्टिकोण हो असहमति जनाउनु आफैलाई भिखारी नठान्नु – अज्ञानता हो – चेतनाविहीनता हो – सत्ताको अहंकार […]

गायक कटुवालको काठे लोक भाकाः ‘बाटो छ भिरालो’ सार्वजनिक(भिडियो)सहित

दोलखाको मेलुङबाट नेपाली साङ्गितिक क्षेत्रमा उदाएका गायक तथा सर्जक असिम कुमार कटुवालको ‘बाटो छ भिरालो’ बोलको काठे लोक भाका सार्वजनिक भएको छ । गायक कटुवालको ‘बाटो छ भिरालो’ बोलको गीत सार्वजनिक भएको हो । नेपाली लोक, संगीत आफैँमा विधा हो । लोक गीत विधा अन्तर्गत राजधानी काठमाडौँ, दोलखा, सिन्धुपाल्चोक, रामेछाप र अन्य आसपासका जिल्लामा गाइने […]

वनले अनुमति नदिँदा रामेछापका किसानले आफ्नै जग्गाको रुख बेच्न पाएनन्

डिभिजन वन कार्यालय रामेछापले रुख कटानका लागि आवश्यक अनुमति नदिँदा किसानहरु आफ्नै पाखा, बारीको रुख बिक्री गर्नबाट वञ्चित भएका छन् । आवश्यक सबै प्रक्रिया पूरा गरेर आफ्नो पाखाबारीको रुख कटानको अनुमतिको लागि किसानले सबै कागजात पेस गरिसक्दा पनि डिभिज वन कार्यालयले रुख कटानको लागि अनुमति नदिएपछि किसानहरु आफ्नै जग्गाको रुख तथा काठ बिक्री गर्नबाट वञ्चित […]

रामेछाप नगरपालिकामा भत्ता खाने अपाङ्ग १ सय ८६ जना मात्रै

रामेछाप नगरपालिकामा यसअघि सामाजिक सुरक्षा भत्ता रकम बुझ्दै आएका अपाङ्गको संख्या घटेको छ । गएको वर्षसम्म रामेछाप नगरपालिकामा ३ सय ७२ जनाले अपाङ्गले सामाजिक सुरक्षा भत्ता बुझ्दै आएका थिए । नगरले सपाङ्गलाई पनि अपाङ्ग परिचयपत्र दिएर सामाजिक सुरक्षा भत्ता खुवाएको भन्दै स्थानियले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पेश गरेपछि सो बिषयमा रामेछाप नगरपालिकाले चिकित्सक सहितको […]

रामेछापको मन्थली नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मी सुमित्रा बर्खास्तमा

रामेछापको मन्थली नगरपालिकाले वडा नम्बर ७ को भटौली स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीलाई बर्खास्त गर्ने निर्णय गरेको छ । स्वास्थ्य संस्थामा कार्यरत सिनियर अहेब सुमित्रा श्रेष्ठ गत असार ८ गतेदेखि कार्यालयमा अनुपस्थित भएपछि उनलाई बर्खास्त गरिएको मन्थली नगरपालिकाले जानकारी दिएको छ । अहेब श्रेष्ठलाई मन्थली नगरपालिकाले वडा नम्बर ७ को भटौली स्वास्थ्य केन्द्रमा खटाएको थियो । […]

रामेछापमा लोप हुँदै पिङ हाल्ने परम्परा

दसैँ–तिहारका बेलामा पिङ हाल्ने परम्परा कही वर्षअघिदेखि रामेछाप जिल्लामा लोप हुँदै जान थालेको छ । गाउँदेखि ठूला सहरबजारमा दसैँ आउन केही समयअघिदेखि पिङमा रमाउने यो मौलिक परम्परा अहिलेका युवापुस्ताको बेवास्ताका कारण लोप हुन थालेको हो । विगतमा जिल्लाका विभिन्न गाउँ, टोल, सहरबजारमा दर्जनौं रोटे, जाँते र लिङ्गे पिङमा बालबच्चादेखि युवायुवतीको भीड हुने गर्दथ्यो । विस्तारै […]

रामेछाप नगरपालिका-८ मा भएको वक्तृत्वकला प्रतियोगितामा स्वनीका कार्की प्रथम

रामेछापको रामेछाप नगरपालिका वडा नं ८ मा शुक्रबार(आज)वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ । दशैँ,तिहार तथा छठ पर्वको शुभकामना आदन प्रदान कार्यक्रम सहित वडा स्तरीय वक्तृत्वकला प्रतियोगिता कार्यक्रम गरिएको हो । बाल अधिकार हाम्रो सरोकार सम्बन्धि भएको उक्त वक्तृत्वकला प्रतियोगितामा वडा भित्रका विभिन्न बाल समुहका विद्याथी भाईबहिनीहरुले सहभागीता जनाएका थिए । १० जना सहभागी वक्तृत्वकला […]

रामेछापको मन्थली आउँदै गरेको ईलेक्ट्रोनिक गाडी धुलिखेलमा दुर्घटना,एकको मृत्यु

बीपी राजमार्गको धुलिखेल सुन्दर बस्तीमा मोटरसाइकल र इभी माइक्रो एकआपसमा ठोकिँदा एक यात्रुको मृत्यु भएको छ । बुधबार(आज) बिहान ६ : ४५ बजे काठमाडौंबाट मन्थली आउँदै गरेको बागमती प्रदेश ०३–००१ ज ०२९८ नं. को ईलेक्ट्रोनिक गाडीले ईलामतर्फ जाँदै गरेको बा ६४ प १७७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । ठक्कर दिएर भाग्ने क्रममा गाडीमा सवार […]