बागमती प्रदेश लोक सेवा आयोगद्धारा १ हजार ११३ जनाका लागि दरखास्त आह्वान

बागमती प्रदेश लोक सेवा आयोगले विभिन्न सेवा तथा समूहतर्फ कर्मचारी छनोटका लागि बिज्ञापन खुला गरेको छ । आयोगले बागमती प्रदेश तथा स्थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक, प्राविधिक र स्वास्थ्य सेवातर्फ पाँचौँ तहका खुला तथा समावेशीतर्फका लागि सोमबार (आज) बिज्ञापन खुलाएको हो । आयोगले प्रदेश र स्थानीय सेवाका विभिन्न समूहमा गरी १ हजार १ सय […]

मध्ये रातमा खुल्ला आकाशमुनि बीच सडकमा अनसन बसेर न्याय माग्दै विनु यादव

जिल्ला प्रशासन कार्यालय रामेछापले आफूलाई न्याय दिलाउने विषयमा चासो नदेखाएको भन्दै रामेछापकी विनु यादवले प्रशासनको प्रवेशद्वार अगाडि बीच सडकमा अनसन सुरु गर्नुभएको छ । मध्ये रातमा प्रशासनको प्रवेशद्वार अगाडि बीच सडकमा खुल्ला आकाशमुनि अनसन थालेकी रामेछापको मन्थली नगरपालिका वडा नं. १ की २९ वर्षीया विनु यादवले प्रशासनले आफूलाई न्याय दिलाउने विषयमा कुनै चासो नदेखाएको कारण […]

महोत्सवमा पत्रकारलाई अभद्र व्यवहार गरेको भन्दै राष्ट्रिय दलित पत्रकार सङ्घको आपत्ति

राष्ट्रिय दलित पत्रकार सङ्घ जिल्ला शाखा रामेछापले रामेछाप सदरमुकाम मन्थलीमा जारी वृहत् रामेछाप महोत्सवमा आफ्ना सङ्घका अध्यक्ष लगायतका पत्रकारलाई धरपकड तथा अभद्र व्यवहार गरेको भन्दै आपत्ति जनाएको छ । शनिवार राष्ट्रिय दलित पत्रकार सङ्घ जिल्ला शाखा, रामेछापका उपाध्यक्ष नवराज विश्वकर्माले एक प्रेस विज्ञप्ति निकालेर २०८० माघ ३ गते साँझको कार्यक्रममा आफू निकट पत्रकारलाई स्टेजबाटै तस्बिर […]

स्वर्गीय निरा छन्त्यालको आवाज रहेको अन्तिम गीत सार्वजानिक (भिडियो सहित)

स्वर्गीय गायिका निरा छन्त्यालको अन्तिम गीत सोमबार सार्वजानिक भएको छ । निराको सम्झाना र सम्मान स्वरुप सार्वजानिक भएको गित “घर मेरो खोटाङको चिसापानीमा ,के मरि लानुछ जिन्दगानिमा” भने गीत विनोद ढकाल र स्वर्गीय निरा छन्त्यालको स्वरमा रहेको छ । नवीन योगिको शब्द र विनोद ढकालको लयमा रहेको गीतमा निर्देशन भने मिलन श्रेष्ठको रहेको छ । […]

यसपालीको हिउँदमा पानी र हिउँ नपरेपछि हिमाली क्षेत्रका किसानलाई चिन्ता

रामेछाप सहित हिमाली क्षेत्रमा यसपालीको हिउँदमा पानी र हिउँ नपरेपछि किसानलाई चिन्ता छ । समयमा हिमपात र वर्षा नभएपछि यसपाली हिमाली क्षेत्रको खेतीपाती प्रभावित बनेको छ । पुस र माघ महिनामा हिउँ पर्नासाथ हिमाली क्षेत्रका बासिन्दा खुसी हुने गरे पनि यस वर्ष हिउँ नपर्दा उनीहरू दुखी भएका छन् । हिउँदेयाममासमेत हिउँ नपरेपछि डाँडाकाडा रुखा र […]

साँघुटारमा प्रस्तावित रामेछाप नगर अस्पतालको उद्धघाटन

रामेछापको रामेछाप नगरपालिका वडा नं ३ मा रहेको साँघुटार स्वास्थ्य चौकीलाई प्रस्तावित रामेछाप नगर अस्पतालको रुपमा विकास गरिएको छ । एक प्रदेश निर्वाचन क्षेत्र एक अस्पताल सुद्दढीकरण कार्यक्रम अन्तर्गत उक्त स्वास्थ्य चौकीमा एक जना डाक्टर सहितको स्वास्थ्य सेवा सुरु भएको हो । मंगलबार(आज) उक्त प्रस्तावित नगर अस्पतालको बाग्मती प्रदेशका स्वास्थ्य मन्त्री उतम जोशी र प्रतिनिधी […]

जिल्ला अस्पताल रामेछापमा आईसियू र ‘माईक्रोबायोलोजी कल्चर’सेवा सुरु

जिल्ला अस्पताल रामेछापमा मंगलबार(आज)देखी आईसियू र ‘माईक्रोबायोलोजी कल्चर’ सेवा सुरु भएको छ । अस्पताल विकास समितिले एक कार्यक्रमको आयोजना गरी यि सेवाहरुको शुभारम्भ गरेको हो । बाग्मती प्रदेशका स्वास्थ्य मन्त्री उतम जोशीले आईसियू र ‘माईक्रोबायोलोजी कल्चर’सेवाको उद्धघाटन गर्नुभयो । उक्त कार्यक्रममा बोल्दै उहाँले बाग्मती प्रदेश सरकारले स्वास्थ्यको क्षेत्रमा धेरै कामहरु गरेको बताउनुभयो । प्रदेशको १३ […]

बिघटनकाे पक्षमा-(कविता)

आमा सुतेकाे शीतल छहारी बाउले सिञ्चित गरेकाे भूगाेल उजाड भएर उडेका छन् यतिखेर चिच्याउँदैन झ्याउकीरीहरु साँझमा सम्झनाका यादहरु बाेकेर गएका छन् तिनीहरु अध्याराेले खाेसेकाे रातमा अध्याराेमै हराइरहेका छन् तिनीहरू बिहानी पख नरम भएर खसेकाे शीत पहाडकाे टुप्पाेबाट तलतिर झर्दै गरेकाे कुटुनी बतास घर फर्कदै गरेकाे मलाई नसाेधे हुन्छ मेराे बिरुद्धमा छन् तिनीहरु छ महिनाकाे त्यहीँ […]

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको मार्च पासमा रामेछाप नगरपालिका प्रथम

रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिकाको केन्द्र प्रितीमा शुक्रवारदेखि ११ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जारी छ । प्रतियोगिताको उद्धघाटन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले गर्नुभयो । प्रतियोगिताको उद्धघाटनको क्रममा प्रदर्शन गरिएको मार्च पासमा रामेछाप नगरपालिका प्रथम भएको छ । मार्च पासमा उमाकुण्ड गाउँपालिका दोश्रो भएको छ भने मन्थली नगरपालिका तेश्रो […]

किवी खेतीका लागि प्रस्ताव गर्न रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाको आह्वान

रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाले किवी खेती विस्तार कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत कार्यक्रम अन्तर्गत किवी खेती विस्तार कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान गरेको हो । वडा नं १ मा सो कार्यक्रम सञ्चालन गर्ने गाउँपालिकाले मंगलबार एक सूचना जारी गर्दै जनाएको छ । कार्यक्रममा सहभागी हुन इच्छुक […]