रामेछापको ल्याङ्गल्याङ्गमा टयाक्टर दुर्घटना एकको घटनास्थलमै मृत्यु,दुईजना घाइते

रामेछापको ल्याङ्गल्याङ्गमा टयाक्टर दुर्घटना एकको घटनास्थलमै मृत्यु,दुईजना घाइते

रामेछापको रामेछाप नगरपालिका वडा नं ९ ल्याङ्गल्याङ्गमा टयाक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ,भने दुई जना घाईते भएका छन ।

मंगलबार(आज) दिउँसो करिब १२ बजेको समयमा भएको दुर्घटनामा सोही ठाउँका वर्ष ३७ का गुणराज श्रेष्ठको घटनास्थलमै ज्यान गएको हो । दुर्घटनामा रामेछाप नगरपालिका ८ का मनोज मगर र चन्द्र बहादुर शाही घाईते भएका छन ।

घाईते दुबैको जिल्ला अस्पताल रामेछापमा उपचार भइरहेको छ । तामाकोसी नदीबाट बालुवा लिएर ल्याङ्गल्याङ्ग तर्फ आइरहेको ना ५ त ६५३६ नम्बरको टयाक्टर दुर्घटना भएको हो ।

के कारणले टयाक्टर दुर्घटना भएको हो भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक रन्जन गिरीले जानकारी दिनुभयो । दुर्घटना भएको टयाक्टर सडकबाट करिब २ सय मिटर तल खसेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार