रामेछापका ८ वटा स्थानिय तहमध्ये सुनापति गाउँपालिका पहिलो

रामेछापका ८ वटा स्थानिय तहमध्ये सुनापति गाउँपालिका पहिलो

रामेछाप जिल्लाका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा सुनापति गाउँपालिका प्रथम भएको छ । केही दिन अघी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको नतिजा अनुसार सुनापती गाउँपालिका ७७.५ अङ्क सहित प्रथम भएको हो ।

जिल्लामा भएका आठ वटै स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा सहभागी भएकोमा सुनापति गाउँपालिका प्रथम भएको हो । मन्थली नगरपालिका ७७ दशमलव २५ अङ्क सहित दोस्रो भएको छ ।

संस्थागत क्षमता स्वमूल्याङ्कनमा क्रमशः रामेछाप नगरपालिकाले ७४ अङ्क, उमाकुण्ड गाउँपालिकाले ७२ दशमलव ७५, गोकुलगंगा गाउँपालिकाले ६५ दशमलव ५, दोरम्बा शैलुङ गाउँपालिकाले ६४ दशमलव २५, खाँडादेवी गाउँपालिकाले ६२ र लिखु तामाकोशी गाउँपालिकाले ४८ दशमलव ५ अङ्क प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार