नेपाली काँग्रेसको महासमिति बैठक र हिन्दु धर्मबारे निरर्थक बहस

नेपाली काँग्रेसको महासमिति बैठक र हिन्दु धर्मबारे निरर्थक बहस

नेपाली काँग्रेसको लाखौं नेताकार्यकर्ताहरुको व्यग्र प्रतीक्षा पश्चात यतिखेर नेपाली काँग्रेस यहि फागुन सात गतेदेखि दश गतेसम्म महासमिति बैठकमा छ । नेपाली काँग्रेसको नीति अधिबेशनका रूपमा पनि यसलाइ लैजाने प्रयत्नको रूपमा लिनु सान्दर्भिक होला । नेपाली काँग्रेसका आम कार्यकर्ताहरु फागुन ७ देखि १० गतेसम्म भैरहेको यो महासमितिको बैठकलाई नजिकैबाट नियाली रहेका छन् ।

नेपाली काँग्रेसले आफ्नो जन्मकाल देखि अधिनायकवाद र कुनैपनि खाले सामन्ती चिन्तनको इतिहास कालदेखिनै सशक्त बिरोध गर्दै आफुलाइ लोकतान्त्रिक ब्यबस्थाको मसिहाका रूपमा साबित गरेकोमा कसैको बिमती छैन । नेपाली काँग्रेसकै नेतृत्वमा २००७ सालको क्रान्तिद्वारा १०४ चार बर्षको जहानिया अधिनायकवाद राणा शासनको अन्त्य गरि आधुनिक नेपालको निर्माण गरेको पनि सर्बबिदितै छ । यद्यपी नेपाली काँग्रेसलाई अधिनायकवादका अवशेषहरुले विभिन्न कालखण्डमा लान्छना लगाउदै कम्जोर गराउने प्रयत्न नगरेका होइनन् ।

सात सालको क्रान्तिद्वार स्थापित शिशु प्रजातन्त्र हुर्किन नपाउदै जननिर्वाचित प्रधानमन्त्रीलाई सुन्दरी जेलमा कैद गरेर नेपाल सरकारलाई अपदस्त गरि प्रजातन्त्रको हत्या गरि तीस बर्ष निरंकुस पन्चायत ब्यबस्थाले थिलो थिलो बनायको यो नेपाललाई २०४६ सालमा नेपाली काँग्रेसकै अगुवाइमा बामपंथी सङ्गको सहकार्यद्वारा जनअन्दोलन गरि पुन प्रजातन्त्र स्थापित गर्न सफल भएका थियौं । यद्यपि शिशु प्रजातन्त्र हुर्किन नपाउदै माओवादी पार्टीले जनयुद्धका नाउँमा थुप्रै विध्वंस गरेर बिकास निर्माण ठप्प मात्रै गरेनन्,नेपाली काङ्ग्रेसका आम कार्यकर्ता उसको निसाना भएको र थुप्रै नेताकार्यकर्ता पलायन हुन बाध्य बनायको यथार्थ हो ।

यसैको जगमा उभिएर दक्षिण पन्थहरु दरबार हत्या कान्डपछि पुन प्रजातन्त्रको हत्या प्रयास भएको थियोे तर नेपाली काँग्रेसको आदरणीय नेता गिरिजाप्रसाद कोइरालाको सुझबुज पुर्ण निर्णयले माओवादीसङ्ग बार्ता गरि ६२ /६३ को पुन दोस्रो जन आन्दोलनबाट प्रजातन्त्र मात्र होइन गणतन्त्र नै स्थापित गरेको चित्रण हाम्रा सामु यथार्थ हो । दोस्रो जनआन्दोलनद्वारा स्थापित यो लोकतान्त्रिक ब्यबस्थामा पनि भुइँ मान्छेहरुको हक अधिकार स्थापित हुनसकेका छैनन् ।

लोककल्याणकारी कार्यक्रम आउन सकेका छैनन् । रोजगारको सिर्जना त परै जाओस् वैदेशिक रोजगारका नाउँमा लाखौं युवा पलायन भैसकेका छन । भुमाफिया तथा जल माफियाका चङ्गुलभित्र हरेक राजनीतिक पार्टीका शीर्ष नेताहरू जोडिएको समाचार ब्याप्त भैरहेको अबस्था छ । भ्रस्टाचार ब्याप्त छ । राज्य दोहनको शृङ्खला निरन्तर छ । लोकतान्त्रिक ब्यबस्थाको उदय पश्चात बिकास निर्माण अग्रगामी छालाङ त नभएको होइन तर बेथितिको पनि निक्कै चाङ लागेको अबस्था हो । सुशासनको अनुभुती नेपाली जनताले गर्न पाएको अबस्था बिल्कुल होइन ।

महासमितिमा जल्दोबल्दो समस्याका बारे चिन्तन मनन गर्नु आजको आबस्यक्ता हुनपर्छ । विशेष त नेपाली काङ्ग्रेसलाई नीति र बिधिमा चलाउनु आजको प्रमुख चुनौती छ । पार्टीभित्र सुन्डमुन्डको हालिमुहाली आर्थिक चलखेलद्वारा पार्टी थिलथिलो भएको अबस्था छ । इमानदार नैतिवान चरित्रवान अनि बिपिका अनुयायी कृष्प्रशाद भट्टराई,गणेशमान सिंहको स्कुलिङमा हुर्किएका आम कार्यकर्ता यतिबेला पार्टीको निक्कै किनारामा धकेलिएको यो अबस्थालाइ यो महासमितिले सम्बोधन गर्छन् कि गर्दैनन् ?

निर्वाचन प्रणालीमा व्यापक फेरबदलको आबस्यक्ता नितान्त जरुरी छ । समानुपातिक र राष्टिय सभा त्यस्को मुल उदेश्य बिपरित नेताहरुले लोकलाइ लज्जा हुनेगरि प्रयोग गर्दा आम जनमानसमा गलत सन्देश र कार्यकर्तामा बिचलन आएको कुरालाई मनन गर्नुपर्ने छ । पार्टीको सङ्गठन कम्युनिष्ट शैली उन्मुख भैरहेको छन । नेतृत्व अधिनायकवाद चरीत्रमा परिणत भएको अबस्था छ । यस्लाइ लोकतान्त्रिक शैलिमा र पार्टी सामुहिक नेतृत्वमा जानुपर्छ लानुपर्छ । यो महासमितिमा आम कार्यकर्ताको यहि चाहाना हो ।

अर्को महत्त्वपूर्ण कुरा देश गणतन्त्र सङघियता र धर्म निरपेक्ष संविधान भैसकेको अबस्थामा नेपाली काँग्रेसका थुप्रै अतिबादि नेताहरु हिन्दु धर्मको यजेन्डा यो महासमितिमा घुसाउने जुन प्रयत्न गरिरहेका छन २२ जना केन्द्रिय सदस्यले पार्टी सभापति शेरबहादुर देउवा समक्ष हिन्दु राज्य हुनुपर्छ भन्दै पुरक दस्तावेज बुझाउनु भएको कुरा बाहिर आयो । त्यो नेपाली जनतालाई मात्रै होइन नेपाली काँग्रेसलाई घातक सिद्ध हुनेमा कुनै दुइमत छैन । देशको र राजनीतिक पार्टीको कुनै एक धर्म विशेषको अनुयायी हुनै सक्दैनन् ।

एक धर्म विशेषका प्रचारक हुदैनन् । देश र पार्टीले कुनै एक धर्म विशेषका संरक्षक हुदैनन् । पार्टी र देश त सम्पुर्ण धर्म सम्प्रदायको संरक्षकत्व चै अबस्य हुनुपर्छ रहनुपर्छ । नेपाल हरेक जातजाति भाषाभाषी र थुप्रै धर्म सम्प्रदाय भएको एक देश हो भन्नेकुरा भुल्नु हुँदैन । नेपाली जनताको बलिदानीपुर्ण ६२/६३ को जन आन्दोलनका उपलब्धि,बर्तमान संविधान२०७२ को मुल मर्म पनि यहि हो । यो मर्म बिपरित कुनै एक धर्मका चर्चा परिचर्चा गर्नु संविधानको बर्खिलाप भनेर बुज्नुपर्छ र यो हिन्दु धर्मका एजेन्डा नेपाली काँग्रेसको महासमिति बैठकमा एजेन्डाको रुपमा प्रस्तुत हुनु हुदैन ।

यदि कोहि नेताले जबर्जस्त यो विषयलाई उठान गर्यो भने उसको पत्तसाफ हुनेमा कुनै दुइमत नहोला । यतिखेर देशमा भैरहेका बेथिति,भ्रस्टाचार,कमिसन खोर दलालहरुको हालिमुहाली हुनु राज्य दोहन हुनु हिन्दु धर्म नभएको कारण किमार्थ होइन । यति त्यसो हो भने पन्चायती व्यवस्था फाल्नु पर्ने लाखौं नेपाली जनताले रगत बगाउनु पर्ने कुनै जरुरीनै थिएन ।

देश धर्म निरपेक्ष भएकै कारण हिन्दु धर्म प्रती अस्था घटेको होइन बरु गाउँ गाउँमा नयाँ नयाँ मठ मन्दिर बनिरहेका छन । हिन्दु धर्ममा विश्वास राख्नेहरु जन्मदेखी मृत्यु सम्मका हरेक सस्कारहरु गरि नै रहेका छन । साधु सन्त महात्माहरुलाइ आदर सम्मान गरिरहेकै छन । हिन्दु धर्म हुनुपर्छ संबैधानिक राजतन्त्र हुनुपर्छ भन्ने यदि कोहि नेता हुनुहुन्छ भने सुशीलमान शेर्चनको बिपि काँग्रेसमा लाग्दा हुन्छ । करोडौं जनता र लाखौं आदिवासी जनजातीहरुको यो भरोसा योग्य नेपाली काँग्रेस पार्टीलाई बिटुलो बनाउने दुस्प्रयास नगर्न विनम्र अनुरोध छ । चेतना भया जय नेपाल ।

-कवि लालबहादुर तामाङको लेख 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार