सिन्धुलीमा आगोलागी हुँदा एउटा घर र गोठ जलेर नष्ट

सिन्धुलीमा आगोलागी हुँदा एउटा घर र गोठ जलेर नष्ट

सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नं ३ क्याङ्गलुङ्गमा आगोलागी हुँदा एउटा घर र गोठ जलेर नष्ट भएको छ । क्याङ्गलुङ्गका भेष बहादुर भुजेलको आगोलागीबाट घर र गोठ जलेर नष्ट भएको हो । आज दिउँसो १ बजेको समयमा भुजेलको घर नजिकैको खरपाखामा लागेको आगो घरसम्म पुग्दा लाखौँको क्षती भएको हो ।

गोलन्जोर गाउँपालिका वडा नं ३ का वडाअध्यक्ष कृष्ण प्रसाद पोखरेलका अनुसार आगोले भुजेलेको ढुंगा माटोले बनेको २ तलाको घर र एउटा गोठ पूर्ण रुपमा जलेर नष्ट भएको छ । आगोलागीबाट लगभग ७ लाखको क्षती भएको हुनसक्ने उहाँले बताउनुभयो । आगो नियन्त्रणमा लिने प्रयास भैरहेको उहाँले बताउनुभयो । प्रहरी,स्थानिय,रेडक्रसकर्मी सहितको टोली आगो नियन्त्रणमा खटिएको वडाअध्यक्ष पोखरेलको भनाई छ । के कारणले र कस्ले खरबारीमा आगो लगाएको हो भन्ने कुरा खुल्न नसकेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार