पञ्चेबाजा संरक्षण समाज रामेछापको अध्यक्षमा गोपाल नेपाली चयन

पञ्चेबाजा संरक्षण समाज रामेछापको अध्यक्षमा गोपाल नेपाली चयन

पञ्चेबाजा संरक्षण समाज रामेछापमा नयाँ नेतृत्व चयन भएको छ । शनिवार मन्थलीमा भएको दोस्रो साधरणसभा तथा प्रथम अधिवेशनले गोपाल नेपालीको नेतृत्वमा नयाँ जिल्ला कार्य समिति चयन गरेको हो ।

पञ्चेबाजा संरक्षण समाजका अध्यक्ष ज्ञान बहादुर सुन्दासको अध्यक्षता तथा मन्थली नगरपालिका १ का वडाध्यक्ष होम प्रसाद पौडेलको प्रमुख आतिथ्यमा साधरणसभा सम्पन्न भएको थियो । साधारण सभाले उपाध्यक्षमा लक्ष्मण नेपाली सचिवमा राजन सुन्दास कोषाध्यक्षमा रामहरि दमाई सदस्यहरूमा कमला सुन्दास माझी विनायक नेपाली गोपाल दमाई सरोज नेपाली र रामु नेपालीलाई सर्वसम्मत चयन भएका छन् ।

नेपाली मौलिक पञ्चेबाजाको संरक्षण गर्ने उद्देश्यले २०७४ सालमा ज्ञान बहादुर सुन्दासको अध्यक्षतामा पञ्चेबाजा संरक्षण समाज रामेछाप गठन गरिएको थियो । पञ्चेबाजा संरक्षण समाज रामेछापले जिल्लामा हुने विभिन्न कार्यक्रममा आफ्नो सहभागिता जनाउँदै आएको छ । भने पञ्चेबाजा संरक्षणका लागि विभिन्न कार्यक्रमहरू समेत गदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार