भरुवा बन्दुक पड्कदा रामेछाप च्यास्कुमा एक पुरुष घाइते

रामेछापको रामेछाप नगरपालिका वडा नं ६ च्यास्कुमा भरुवा बन्दुक पड्कदा एक जना पुरुष घाइते भएका छन । यहि वैशाख ३१ गते राति अन्दाजी ८ बजेको समयमा सोही ठाउँ बस्ने अन्दाजी वर्ष ५२ को राम बहादुर तामाङ घाइते भएका हुन । भरुवा बन्दुक खेलाउदा उक्त हतियार पड्कदा बन्दुकको छर्रा,बारुदले उनको पेटमा लागी घाईते भएको रामेछाप प्रहरीले […]

रामेछापको सुनापति गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

रामेछापको सुनापति गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम आइतबार सम्पन्न भएको छ । गाउँपालिकावाट चालु आर्थिक वर्ष २०८० /८१ को हाल सम्म प्रवाह भएको सार्वजनिक सेवाको प्रभावकारीता तथा विकास निर्माणको गुणस्तरियता विषयक सार्वजनिक सुनुवाई कार्यक्रम भएको हो । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिल कृष्ण श्रेष्ठले चालु आब को हालसम्म भएको कामहरुको बारेमा जानकारी गराउनुभयो । उहाँका अनुसार […]

रामेछापको पुरानागाउँबासीले गाउँमै पाए जनस्वास्थ्य,कृषि र पशुपन्छीको विभिन्न सेवा

रामेछापको मन्थली नगरपालिका–९ पुरानागाउँमा एकीकृत घुम्ती सेवा शिविर सम्पन्न भएको छ । आईतबार मन्थली नगरपालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रम सहितको एकीकृत घुम्ती सेवा शिविर संचालन गरेको हो । जनस्वास्थ्य,कृषि र पशुपन्छीको विभिन्न सेवाहरु शिविरमा प्रदान गरिएको थियो । एकीकृत घुम्ती सेवा अन्तरगत स्वास्थ्य शिविरबाट ४१३ जनाले सेवा लिएका छन् । शिविरबाट १४२ जना पुरुष र २७१ […]

रामेछापमा भाँडा चोर्ने र चोरीका सामान खरिद गर्नेे पक्राउ

रामेछापमा भाँडा चोर्ने र चोरी गरेको भाँडा किन्ने पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय रामेछापले यही वैशाख १ गते मन्थली स्थित खाँदबारीमा टिकाबहादुर मगरको घरमा चोरी गर्ने युवकलाई पक्राउ गरेको हो । मन्थली नगरपालिका वडा नं १ कै रामबहादुर कार्कीले मगरको घरको ढोकाको ताल्चा फुटाई विभिन्न भाँडाहरु चारी गरेका थिए । उनलाई वैशाख १४ […]

वनमा आगो लगाउदैँ हिडेका रामेछापका दुई भाई पक्राउ

रामेछाप प्रहरीले जंगलमा आगो लगाएको आरोपमा दुई युवकलाई पक्राउ गरेको छ । रामेछाप नगरपालिका १ गोठगाउँ र वडा नं ३ साँघुटारको विभिन्न जंगलहरुमा आगोलगाउँदै हिँडने दुई भाई पक्राउ परेका हुन । आगो लगाउँदै हिडेको आरोपमा लिखु तामाकोशी गाउँपालिकाका २३ वर्षीय अशोक महत र रामेछाप नगरपालिका–३ का सुवास महतलाई पक्राउ गरिएको हो । उनीहरु रामेछाप नगरपालिका–१ […]

सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ छिचोलियो

सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ छिचोलिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुनकोशी गाउँपालिका–७ कानढुङ्ग्रीमा आयोजित समारोहमा स्विच थिचे लगत्तै सुरुङ छिचोलिएको थियो । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोशी–मरिण डाइभर्सनअन्तर्गत कमलामाई–२ कुसुमटारदेखि सुनकोशी–७ कानढुङ्ग्रीसम्म क्षेत्रफल १३ दशमलव ३ किलोमिटर लामो सुरुङ खनिएको हो । २२ महिनामा खनिसक्ने लक्ष्य लिइएकोमा त्यसको ३ महिना २ दिनअगावै […]

अब बागमती प्रदेशमा नेपाल र तामाङ भाषामा सरकारी काम हुने

बागमती प्रदेश सरकारले आजदेखि नेपाल र तामाङ भाषालाई सरकारी कामकाजको माध्यम भाषाका रूपमा प्रयोग गर्ने भएको छ । यी दुई भाषालाई सरकारी कामकाजको भाषा बनाइएको खुसीयालीमा प्रदेश सरकारले आज सार्वजनिक विदा दिएको छ । आजबाट औपचारिक रूपमा सरकारले जारी गरेको प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८० कार्यान्वयन हुँदैछ । २०८० असोज २२ मा बागमती प्रदेशसभाबाट […]

रामेछापको सेलेघाटमा बोलेरो दुर्घटना हुँदा तीन जना घाइते

रामेछापको सेलेघाटमा सोमबार(आज) बोलेरो दुर्घटना भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् ।  मन्थलीबाट खुर्काेट तर्फ जाँदै गरेको बा १८ च ६१४७ नम्बरको बोलेरो दुर्घटनामा परेको हो । दुर्घटनामा बोलेरो चालक सहित तीन जना घाइते भएका छन । घाइते हुनेहरुमा बोलेरो चालक धनुषाका वर्ष २३ को हेमन्त कुमाल,सर्लाहीका वर्ष २० को पवन परियार […]

रामेछापबाट काठमाण्डौँ जाँदै गरेको माइक्रोभ्यान दुर्घटना ६ जना घाइते

रामेछापको मन्थलीबाट काठमाडौ जाँदैै गरेको विद्युतीय माइक्रोभ्यान दुर्घटना हुदाँ ६ जना घाइते भएका छन् । शनिबार(आज) दिउँसो करिब २ बजेको समयमा वीपी राजमार्ग अन्तगर्त काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–११ स्थित पात्लेखेतमा दुर्घटना हुँदा एकै घरका चार सहित ६ जना घाइते भएका हुन् । घाइते हुनेमा मन्थली नगरपालिका–८ का २८ वर्षीय श्रवढा कुमार माझी, उनकी श्रीमती ३५ वर्षीया […]

दर्ता नभएको औषधी भेटिएपछि मन्थलीको दिपसन फार्मेसी र साकुरा मेडिकल हल निलम्बनमा

दर्ता नभएको औषधी फार्मेसीमा राखेर बेचबिखन गर्ने औषधी पसल निलम्बनमा परेका छन् । रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं. १ मन्थली बजारमा सञ्चालित १ फार्मेसी र १ मेडिकल हल निलम्बनमा परेका हुन् । दर्ता नभएको औषधी फार्मेसीमा राखेर बेचबिखन गरिएको लगायतका गैर कानुनी व्यापार व्यवसाय तथा कारोबार गर्ने मन्थली बजारमा सञ्चालित दिपसन फार्मेसी र साकुरा […]