रामेछापको सेलेघाटमा बोलेरो दुर्घटना हुँदा तीन जना घाइते

रामेछापको सेलेघाटमा बोलेरो दुर्घटना हुँदा तीन जना घाइते

रामेछापको सेलेघाटमा सोमबार(आज) बोलेरो दुर्घटना भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् ।  मन्थलीबाट खुर्काेट तर्फ जाँदै गरेको बा १८ च ६१४७ नम्बरको बोलेरो दुर्घटनामा परेको हो ।

दुर्घटनामा बोलेरो चालक सहित तीन जना घाइते भएका छन । घाइते हुनेहरुमा बोलेरो चालक धनुषाका वर्ष २३ को हेमन्त कुमाल,सर्लाहीका वर्ष २० को पवन परियार र सिन्धुलीको कमलामाई नगरपालिका १३ को वर्ष ३८ को मान बहादुर मगर रहेका छन ।

घाइतेहरुको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी प्रदीप सिंहले बताउनुभयो । घाइतेहरुको शुभ जिवन अस्पताल खुर्कोट सिन्धुलीमा उपचार भइरहेको छ । दुर्घटना भएको बोलेरो सडकबाट अन्दाजी एक सय मिटर तल खसेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार