रामेछापको लिखु तामाकोशी गाउँपालिका बिर्तामा बस दुर्घटना,१० जना घाइते

रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नं ६ बिर्तामा बस दुर्घटना भएको छ । आज(शुक्रबार) बिहान अन्दाजी ८ : ४५ बजेको समयमा बस दुर्घटना भएको हो । सोही ठाउँको गैरीबाट सदरमुकाम मन्थली तर्फ आउदै गरेको बा ५ ख ५६२५ नं.को यात्रुबहाक बस दुर्घटनामा परेको हो । बस दुर्घटनामा परी १० जना घाइते भएका छन । घाइते […]

सन्दर्भ : लोकतन्त्रवादी आदिवासी जनजाति अधिबेशनमा रामेछाप काङ्ग्रेसको किचलो

नेपाली काङ्ग्रेस सम्बद्ध लोकतन्त्रवादि आदिवासी जनजाति महासंघको केन्द्रिय अधिबेशन असार ११ गतेदेखि चलिरहेको छ । नेतृत्वमा पुग्ने अस्वस्थ प्रतिस्पर्धा र आफ्नो टिमको हनुमान खोज्ने क्रम पनि जारी हुनुपर्छ । नेपाली काङ्ग्रेसको भातृ सस्थाहरुको अधिबेशन नभएको र टिके प्रथाले जरा गाडेको एक दशक नाघिसक्यो र अरु थप मलजल गर्ने र टिके प्रथालाई नै निरन्तरता दिने र […]

रामेछापको गोकुलगंगा गाउँपालिकाले ल्यायो आगामी आ.ब को लागी ५० करोड ३३ लाखको बजेट

रामेछापको गोकुलगंगा गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५० करोड ३३ लाख बराबरको बजेट ल्याएको छ । गाउँपालिकाको १५ औं गाउँसभामा सोमबार पालिका अध्यक्ष काजी बहादुर खड्का (दिनेश) ले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि नीति तथा कार्यक्रम र उपाध्यक्ष उषादेवी कार्कीले बजेट प्रस्तुत गर्नुभएको हो । गाउँसभा मार्फत गोकुलगंगा गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५० […]

रामेछापको सुनापति गाउँपालिकाले आगामी आ.ब को लागी ल्यायो ६५ करोड ९० लाख रुपैयाँको बजेट

रामेछापको सुनापति गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को लागि ६५ करोड ९० लाख ५२ हजार रुपैयाँको बजेट ल्याएको छ । आगामी आर्थिक वर्षको लागि ल्याएको नीति तथा कार्यक्रमलाई कार्यान्वयनको लागि विभिन्न क्षेत्रलाई समेटेर सोमबार सम्पन्न भएको गाउँ सभाले ६५ करोड ९० लाख ५२ हजार बराबरको बजेट ल्याएको हो । उपाध्यक्ष गिता विष्ट चौलागाईँले गाउँ सभामा […]

रामेछापको मन्थलीमा दलित महिलालाई पञ्चेबाजा बजाउने १० दिने तालिम सुरु

रामेछाप जिल्लाको मन्थली नगरपालिकामा ‘दलित महिलालाई पञ्चेबाजा बजाउन सिकाउने’ १० दिने तालिम आजदेखि सुरु भएको छ । मन्थली नगरपालिकाको आर्थिक सहयोग तथा पञ्चेबाजा संरक्षण समाज जिल्ला कार्य समिति रामेछापको आयोजनामा मन्थलीस्थित तीनलाल पार्कमा भएको तालिमको मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले उद्धघाटन गर्नु भएको हो । मौलिक लोक धुन र बाजाहरुको संरक्षण गर्ने उद्देश्यले तालिमको आयोजना […]

रामेछापको सेलेघाटमा तेस्रो डुंगा प्रतियोगिता

तेस्रो राष्टिय माझि लाउ( डुंगा ) प्रतियोगिता रामेछापको मन्थली नगरपालिकाको सेलेघाट त्रीवेणीमा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन् वागमति प्रदेशकी खेलकुद विकास मन्त्री रमा आलेले एक औपचारीक कार्यक्रमका विच गर्नुभयो । आफनो उद्घाट्न मन्तब्यमा मन्त्री आलेले माझि समुदायको परंपरागत पेशाको रुपमा पहिचान बनाएको डुंगा ब्यवसायको संरक्षण संगै डुंगा ब्यवसायलाई आय आर्जनको माध्यमका रुपमा समेत विकास […]

रामेछाप मन्थलीका २० महिलाले पाए फेसन डिजाईन तालीम

रामेछाप सदरमुकाम मन्थली बजारमा रहेर सिलाई कटाई तथा विभिन्न ब्यवसाय गर्दै आएका २० जना महिलाले १५ दिने एड्भान्स तालिम पाएका छन् । उनिहरुलाई नेपाल कपडा तथा सिलाई ब्यवसायी संघले एड्भान्स लेडिज डिजाइन कटिङ सिलाई तालिम दिएको हो । टेलर ब्यवसाय मार्फत आय आर्जन गर्दै आएका महिला दिदीबहिनीहरुलाई थप क्षमतावान वनाउने र उनिहरुको आय आर्जन थप […]

नेपाल औषधि व्यवसायी संघको स्थापना दिवसको अवसरमा बिरामीलाई फलफूल वितरण

नेपाल औषधि व्यवसायी संघको स्थापना दिवसको अवसरमा बिरामीलाई फलफूल वितरण गरिएको छ । रामेछाप अस्पताल रामेछापमा भर्ना भएका बिरामीलाई फलफूल वितरण गरिएको हो । २०३० असार १० गते स्थापना भएको संघले आज(सोमबार) ५१ औं स्थापना दिवस मनाएको हो । स्थापना दिवसको अवसरमा नेपाल औषधि व्यवसायी संघ संयुक्त जिल्ला शाखा रामेछाप/दोलखाले बिरामीलाई फलफुल वितरण गरेको हो […]

गोलन्जोर गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक

सिन्धुलीको गोलन्जोर गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आज गाउँपालिकाले गाउँसभाको १५ औँ अधिवेशन कार्यक्रम मार्फत नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष शंकरराज बरालले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा सम्मुनत र समृद्ध पालिका निर्माण गर्ने लक्ष्य अनुसार योजना तथा कार्यक्रमहरु तयार गरिएको बताइएको छ […]

बिद्यालयको बार्षिक उत्सवमा वडाध्यक्ष घिमिरे सम्मानित

रामेछापको मन्थली नगरपालिका ४ मा रहेको श्री सेती देवी माध्यमिक बिद्यालयले आफ्नो बार्षिक उत्सवको अवसरमा वडाध्यक्षलाई सम्मान गरेको छ । बिद्यालयले ६४ औ बार्षिक उत्सवको अवसरमा वडाध्यक्ष राजन घिमिरेलाई वडा भरिमै शैक्षिक सुधारका लागि प्राथमिकतामा राखेर काम गरेको भन्दै सम्मान गरेको हो। वडाध्यक्ष निर्वाचित भएर जिम्मेवारी सम्हाले देखि नै वडाको शैक्षिक स्थित सुधारलाई प्राथमिकतामा राखेर […]