रामेछाप नगरपालिका प्रमुख एवं नेपाली कांग्रेस रामेछापका पूर्व सभापति लबश्री न्यौपाने नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत रामेछापबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा विजयी हुनुभएको छ ।
खुला १० जना महाधिवेशन प्रतिनिधिमा न्यौपाने ५ सय ३३ मत सहित विजयी हुनुभएको हो । उहाँले मतदाता तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्नुभएको छ।
न्यौपानेले सामाजिक सञ्जालमार्फत धन्यवाद तथा आभार व्यक्त गर्दै आफूलाई महाधिवेशन प्रतिनिधिका रूपमा विजयी गराउन सहयोग गर्ने क्षेत्रीय प्रतिनिधि, शुभेच्छुक तथा सहयोगी सबैप्रति कृतज्ञता व्यक्त गर्नुभएको हो।
उहाँले आफूलाई प्राप्त विश्वास र मायालाई सधैँ सम्मान गर्दै आगामी दिनमा पनि साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। साथै, महाधिवेशनबाट विजयी हुने सम्पूर्ण साथीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै उम्मेदवारहरूको मेहनत, योगदान र लोकतान्त्रिक प्रक्रियामा रहेको सक्रिय सहभागिताको उच्च सम्मान गर्नुभएको हो ।
नेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत रामेछापबाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा ३३ जना निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न मतगणनाको अन्तिम परिणामसँगै खुला, महिला, युवा, श्रमिक, पेशागत विज्ञ, आदिवासी जनजाति, खस आर्य, दलितलगायत विभिन्न समूहबाट ३३ जना निर्वाचित भएका हुन् ।


