सिन्धुलीमा खैरो हेरोइनसहित रामेछाप गेलुका युवक पक्राउ

सिन्धुलीमा खैरो हेरोइनसहित रामेछाप गेलुका युवक पक्राउ

भारतबाट खरिद गरी तराईका विभिन्न नाका हुँदै नेपाल भित्राइएको लागूऔषध काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बिक्री–वितरण गर्ने गरेको सूचनाका आधारमा प्रहरीले सिन्धुलीबाट रामेछापका एक जनालाई खैरो हेरोइनसहित पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरोका अनुसार ब्यूरोको शाखा कार्यालय बर्दिबास, महोत्तरीबाट खटिएको प्रहरी टोलीले सिन्धुलीको कमलामाई नगरपालिका–६ बाट ५१.६८० ग्राम खैरो हेरोइनसहित रामेछापको मन्थली नगरपालिका–१२ का ३१ वर्षीय बाबुराम खडकालाई पक्राउ गरेको हो ।

भारतमा खरिद गरिएको लागूऔषध तराईका विभिन्न नाकाबाट नेपाल भित्राइएको काठमाडौं उपत्यकाका विभिन्न स्थानमा बिक्री–वितरण गर्ने गरिएको भन्ने गोप्य सूचना प्राप्त भएपछि प्रहरीले निगरानी तथा कारबाही अघि बढाएको ब्यूरोले जनाएको छ ।

सोही क्रममा खडका लागूऔषधसहित पक्राउ परेका हुन् ।प्रहरीले उनको साथबाट ५१.६८० ग्राम खैरो हेरोइन, बा.५१ प १८९१ नम्बरको एक थान स्कुटर र एक थान मोबाइल फोन बरामद गरेको छ ।

पक्राउ परेका खडकालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा बुझाइएको लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वर काठमाडौंले जनाएको छ ।

ब्यूरोका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दुर्गा राज रेग्मीका अनुसार घटनासम्बन्धी थप अनुसन्धान तथा आवश्यक कारबाही अघि बढाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार