विदेश पठाइदिने भन्दै ३४ लाख ८९ हजार ठगी, रामेछापका एक सहित चार जना पक्राउ

विदेश पठाइदिने भन्दै ३४ लाख ८९ हजार ठगी, रामेछापका एक सहित चार जना पक्राउ

वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ३४ लाख ८९ हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले रामेछापका एक सहित चार जनालाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बेलायत, रोमानिया, अष्ट्रेलिया, क्यानडा र पोल्याण्ड पठाइदिने भन्दै रकम उठाएको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा रामेछापका बद्रिकुमार तामाङ,काभ्रेपलाञ्चोकका वीरेन्द्र तामाङ, मकवानपुरका कमलप्रसाद गौतम र अछामका गणेशबहादुर बुढा रहेका छन ।

प्रहरीका अनुसार बद्रिकुमारले पोल्याण्ड पठाइदिने भन्दै २१ लाख ८९ हजार रुपैयाँ,वीरेन्द्रले बेलायत पठाइदिने भन्दै ९ लाख रुपैयाँ, कमलप्रसादले रोमानिया पठाइदिने भन्दै १ लाख रुपैयाँ र गणेशबहादुरले अष्ट्रेलिया र क्यानडा पठाइदिने भन्दै ३ लाख रुपैयाँ ठगी गरेको उजुरी परेको थियो।

पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि आज वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार