रामेछापमा लागूऔषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ

रामेछापमा लागूऔषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ

लागूऔषध मुद्दामा फैसला भएपछि फरार रहेका दुई प्रतिवादीलाई रामेछाप प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार पक्राउ पर्नेमा लिखु तामाकोशी गाउँपालिका–७ का २५ वर्षीय मोहन आले मगर र मन्थली नगरपालिका–१ का २१ वर्षीय आयन भुजेल रहेका छन् ।

प्रहरीले उनीहरूलाई २०८३ असार १९ गते बिहान १० बजे मन्थली नगरपालिका–१ स्थित देवकोटा चोकबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार आले मगरविरुद्ध आठ दिन कैद र भुजेलविरुद्ध एक महिना तेइस दिन कैद तथा १५ हजार रुपैयाँ जरिवानाको फैसला भएको थियो ।

पक्राउ परेका दुवै जनालाई फैसला कार्यान्वयनका लागि रामेछाप जिल्ला अदालतमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार