अनलाइन ठगी र साइबर अपराधबारे विद्यार्थीलाई प्रहरीको सचेतना

अनलाइन ठगी र साइबर अपराधबारे विद्यार्थीलाई प्रहरीको सचेतना

साइबर अपराधबाट हुन सक्ने जोखिम न्यूनीकरण तथा सुरक्षित इन्टरनेट प्रयोगबारे जानकारी दिने उद्देश्यले रामेछापको मन्थलीमा विद्यार्थीलाई साइबर सचेतना कार्यक्रम सञ्चालन गरिएको छ ।

मन्थली नगरपालिका–१ मा रहेको लिटिल स्टार इङ्लिस बोर्डिङ स्कुलमा अध्ययनरत कक्षा ८ देखि १० सम्मका विद्यार्थीलाई लक्षित गरी सोमबार (कात्तिक १६ गते) सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रममा प्रहरी निरीक्षक आकाश मंग्रातीले साइबर अपराधबाट हुन सक्ने जोखिम, अनलाइन ठगी, सामाजिक सञ्जालको सुरक्षित प्रयोग, व्यक्तिगत विवरणको गोपनीयता तथा साइबर अपराधबाट बच्ने उपायबारे विद्यार्थीलाई प्रशिक्षण दिएका थिए ।

प्रशिक्षणका क्रममा इन्टरनेट तथा सामाजिक सञ्जाल प्रयोग गर्दा अपनाउनुपर्ने सावधानी, व्यक्तिगत सूचना तथा विवरणको सुरक्षा र अनलाइन माध्यमबाट हुन सक्ने ठगीबाट जोगिने उपायबारे जानकारी गराइएको थियो ।

विद्यार्थीलाई प्रविधिको सुरक्षित र जिम्मेवार प्रयोगबारे सचेत गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको रामेछाप प्रहरीले जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार