लिखु खोलामा डुबेर रामेछापका एक किशोरको मृत्यु

लिखु खोलामा डुबेर रामेछापका एक किशोरको मृत्यु भएको छ । बिहिबार (आज) दिउँसो लिखु खोलामा पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको हो । रामेछाप नगरपालिका वडा नं ४ हिमगंगाका १७ वर्षका भिम बहादुर श्रेष्ठको मृत्यु भएको हो । घर नजिकै रहेको जलजले स्थित लिखु खोलामा २ जना साथीहरुसँगै पौडी खेल्न गएका श्रेष्ठको खोलामा डुबेर […]

रामेछाप नगरपालिकाका १ सय ५० बढी छाडा तथा घरपालुवा कुकुरको बन्ध्याकरण

रामेछापको रामेछाप नगरपालिकाले १ सय ५० बढी छाडा तथा घरपालुवा कुकुरको बन्ध्याकरण गरेको छ । छाडा कुकुरको संख्या बढेपछि नगरपालिकाले बन्ध्याकरण गर्न शिविर नै सञ्चालन गरेको हो । नगरपालिकाले नेपाल एनिमल वेलफेयर एण्ड रिसर्च सेन्टर बनेपा काभ्रेसँगको प्राविधिक सहयोगमा ५ दिने शिविर सञ्चालन गरेको थियो । ५ दिनको अबधिमा १ सय ५१ वटा छाडा तथा […]

नेपाली काँग्रेस रामेछाप नगरपालिकाको प्रथम नगर सम्मेलन सम्पन्न

नेपाली काँग्रेस रामेछाप नगरपालिकाको प्रथम नगर सम्मेलन शनिबार (आज) रामेछाप बजारमा सम्पन्न भएको छ । काँग्रेसका केन्द्रिय सदस्य संजय गौतमको प्रमुख आतिथ्यता र रामेछाप नगरका सभापती कमल विक्रम कार्कीको अध्यक्षतामा प्रथम नगर सम्मेलन सम्पन्न भएको हो । नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको कार्यक्रममा पार्टीका जिल्ला तहका नेताहरुले मन्तव्य राखेका थिए । कार्यक्रममा बोल्ने […]

रामेछाप नगरपालिकामा छाडा कुकुर नियन्त्रणका लागि बन्ध्याकरण शिविर सञ्चालन

रामेछापको रामेछाप नगरपालिकाले नगरभित्र रहेका छाडा कुकुरलाई नियन्त्रण गर्न बन्ध्याकरण गर्न सुरु गरेको छ । छाडा कुकुरको संख्या बढेपछि नगरपालिकाले बन्ध्याकरण गर्न शिविर नै सञ्चालन गरेको हो । नगरपालिकाले नेपाल एनिमल वेलफेयर एण्ड रिसर्च सेन्टर बनेपा काभ्रेसँगको प्राविधिक सहयोगमा बिहिबार(आज)देखि ५ दिने शिविर सञ्चालन गरेको नगरपालिकाका पशुपन्छी विकास शाखा प्रमुख काजी शेर्पाले बताउनुभयो । यो […]

गङ्गालाल र पुष्पलालको शालिक कन्तविजोक अवस्थामा

राणाशासन अन्त्यका लागि प्राण त्यागेका शहीद गङ्गालाल श्रेष्ठ तथा नेपालमा कम्युनिष्ट पार्टी स्थापना र विकासमा अमूल्य योगदान दिने पुष्पलाल श्रेष्ठको जन्मघर संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । रामेछाप डाँडास्थित भँगेरीमा रहेको श्रेष्ठ दाजुभाइको जन्मघर परिसरमा बनाइएको शालिक जीर्ण बनेको छ भने घर रहेको क्षेत्र नै झाडीमा परिणत भएको छ । राणा शासनकालमा काठमाडौँका सुब्बा […]

रामेछाप सेवा समाज दोहा कतारद्वारा अग्नि पीडितलाइ आर्थिक सहयोग

यहि चैत्र १ गते रामेछाप जिल्लाको रामेछाप नगरपालिका ९ टारमा भएको आगलागीबाट घरबार बिहिन भएका १३ परिवारलाई सहयोग रकम प्रदान गरिएको छ । रामेछाप सेवा समाज दोहा कतारले सोमबार टार गाउँमै पुगेर सहयोग रकम पीडितलाई हस्तान्तरण गरिएको हो । १३ घर परिवारलाइ प्रति घर परिवार नगद तीन हजार पचास रुपैयाका दरले जम्मा ३९ हजार ६ […]

मन्थली मावि,गौरीशंकर मावि र हिमगंगा मावि भ्रष्टाचारको अखडा बन्दै

नबराज विश्वकर्मा,रामेछाप । रामेछापको नमूना विद्यालयका रुपमा सञ्चालित सामुदायिक विद्यालयहरुले संविधान र कानून विपरित विद्यार्थीसँग शुल्क लिएर भ्रष्टाचारजन्य कार्य गरिरहेको पाइएको छ । नेपालको संविधान २०७२ धारा ३१ उपधारा (२) आधारभूत र माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुनेछ, भनिएको छ । स्थानीय तहको एकल अधिकार सूची संविधानको अनुसूची–८ (ज) (१६) निःशुल्क शिक्षा, विद्यार्थी प्रोत्साहन […]

रामेछापमा एसइईको सम्पुर्ण तयारी पुरा,२७ सय बढी विद्याथीले परीक्षा दिँदै

रामेछापमा यहि चैत्र १५ गते बिहिबारदेखी सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) को तयारी पुरा भएको छ । एसइई परीक्षाको सम्पुर्ण तयारी पुरा भएको शिक्षा विकाश तथा समन्वय इकाई रामेछापका प्रमुख नेत्र प्रसाद गजुरेलले बताउनुभयो । यो वर्ष रामेछापका २७ सयभन्दा बढी विद्यार्थी परीक्षामा सहभागी हुँदैछन । जिल्लाका दुई नगरपालिका र ६ वटा गाउँपालिका गरी […]

दोस्रो रामेछाप कप फुटसल’को उपाधि एलबीआरवाईसीलाई

लिखु भुजी रामेछाप युवा क्लब (एलबीआरवाईसी)ले‘दोस्र रामेछाप कप फुटसल प्रतियोगिता’को उपाधि जितेको छ। काठमाडौंको कपनमा आइतबार भएको फाइनल खेलमा अखिल क्रान्तिकारीलाई ८-२ गोलले पराजित गर्दै एलबीआरवाईसीले उपाधि जितेको रामेछाप–काठमाडौं पत्रकार समाजका महासचिव प्रज्वल पौडेलले जानकारी दिए। यसैगरी लिखु भुजी रामेछाप युवा क्लब (लिभुरा)ले तेस्रो स्थान हासिल गरेको छ। साथीको चिया अड्डालाई ६-४ गोल अन्तरले पराजित […]

कालिका देवी मावि देउरालीका विद्यार्थीलाई ट्रयाक सुट वितरण

रामेछापको रामेछाप नगरपालिका वडा नं २ देउरालीको कालिका देवी माध्यमिक विद्यालयका विद्यार्थीलाई ट्रयाक सुट वितरण गरिएको छ । स्वर्गीय सुनिल खड्का मेमोरियल ट्रस्टको तर्फबाट सोही विद्यालयमा अध्यनरत १ सय ३७ जना विद्यार्थीलाई ट्रयाक सुट वितरण गरिएको हो । सोहि विद्यालयका प्रधानाध्यापक ॠषि कुमार खड्काले आफ्नो स्वर्गीय छोराको स्मृतिमा कक्षा शिशुदेखि ९ सम्मका विद्यार्थीलाई ट्रयाक सुट वितरण गर्नुभएको हो […]