न्युनतम सेवा मापदण्डमा जिल्ला अस्पताल रामेछाप देशभरमै तेस्रो हुन सफल

न्यूनतम सेवा मापदण्ड पुरा गर्ने देशभरका सरकारी अस्पतालमा जिल्ला अस्पताल रामेछाप तेस्रो हुन सफल भएको छ । देशभरका १५ शैया अस्पतालहरुमध्ये जिल्ला अस्पताल रामेछापले तेस्रो स्थान प्राप्त गरेको हो । जिल्ला अस्पताल बैतडी ९३ प्रतिशत अंक पाएर पहिलो,चौतारा अस्पताल सिन्धुपाल्चोक ९२ प्रतिशत अंक पाएर दोस्रो र जिल्ला अस्पताल रामेछाप ९१ प्रतिशत अंक पाएर तेस्रो हुन […]

रामेछापका बैंक तथा वित्तीय संस्थाहरूले सामाजिक उत्तरदायित्वप्रति चासो नदिएको गुनासो

रामेछाप जिल्लामा सञ्चालित बैंक तथा वित्तीय संस्थाहरूले गर्नुपर्ने संस्थागत सामाजिक उत्तरदायित्वप्रति चासो नदिएको गुनासो आएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) रामेछापले सोमवार मन्थलीमा आयोजना गरेको बैंक तथा इन्स्योरेन्सको संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले बैंक तथा वित्तीय संस्थाहरूले सामाजिक उत्तरदायित्वप्रति चासो नदिएको गुनासो गरेका हुन् । नेपाल राष्ट्र बैंकले बैंक तथा […]

सरकारले तत्काल घर बनाउन सहयोग गर्नुपर्ने राताटारका आगलागी पीडितको माग

रामेछापको राताटारमा आगलागीबाट घरबारविहीन भएकाहरू गास, बास र कपासको अभाव झेलिरहेका छन् । आगलागीबाट मानवीय क्षति नभए पनि भौतिक र पशुचौपायामा धेरै क्षति पुगेको उनीहरूको भनाइ छ । आफूहरूको पुनस्र्थापना हुनुपर्ने मागको सुनुवाइ नभएको पीडितको गुनासो छ । गएको चैत १ गते रामेछाप नगरपालिका–९, राताटार गाउँमा आगलागीबाट १३ घर पूर्णरुपमा जलेका थिए भने त्यतिकै सङ्ख्यामा […]

रामेछापका माझी समुदायको डुङ्गा तार्ने र माछा मार्ने पेशा लोप हुँदै

रामेछापका माझी समुदायले आफ्नो परम्परागत डुङ्गा तार्ने र माछा मार्ने पेशा परिवर्तन गर्न थालेका छन् । नदीनाला र खोलामा पुल बन्नेक्रम बढ्दा माछा मारेर जीविकोपार्जन गर्न सहज नभएपछि उनीहरूले पेशा परिवर्तन गर्न थालेका हुन् । स्थानीय सरकारले पर्याप्त योजना र बजेटको व्यवस्था गर्नुपर्ने माग माझी समुदायको छ । रामेछापको कोशी किनारमा माझी समुदायका नागरिक बस्दै […]

१ दिने निशुल्क मुटुरोग विशेषज्ञ स्वास्थ्य शिविरमा ३ सय ४३ जनाले लिए सेवा

जिल्ला अस्पताल रामेछापमा आज(आईतबार) एक दिने निशुल्क मुटुरोग विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा ३ सय ४३ जनाले सेवा लिएका छन । शहीद गंगालाल फाउन्डेशन नेपालको आयोजना,शहीद गंगालाल राष्ट्रिय ह्रदय केन्द्रको प्राविधिक सहयोग र रामेछाप नगरपालिका तथा जिल्ला अस्पतालको सहयोगमा शिविर संचालन भएको हो । शिविरमा एक सय जनाले मुटुको भिडियो एक्सरे,१ सय […]

रामेछाप राताटारका आगलागी पीडितलाई जीवन विकास लघुवित्तको सहयोग

रामेछापको रामेछाप नगरपालिका ९ राताटारका अग्नि पीडितलाई जीवन विकास लघुवित्त वितिय संस्था लिमिटेडले सहयोग उपलब्ध गराएको छ । सोही वडाको भिमसेनथानमा कार्यालय रहेको संस्थाले १३ घर अग्नि पीडितलाइ ओढ्ने,ओछ्याउने सामाग्री उपलब्ध गराएको हो । संस्थाको कार्य क्षेत्र समेत रहेको सो ठाउँमा आगलागीले ठुलो क्षति गरेपछि थोरै भएपनि पीडितको घाउमा मलम लगाउने काम गरेको संस्थाका प्रबन्धक […]

रामेछापको टार गाउँमा २६ वटा घर गोठ जल्दा एक करोड ८६ लाख बढीको क्षति

बिहिबार दिउँसो रामेछापको रामेछाप नगरपालिका वडा नं ९ टार गाउँमा भएको भिषण आगलागीबाट २६ वटा घर गोठ जलेर नष्ट हुँदा एक करोड ८६ लाख बढीको क्षति भएको छ । आगोलागिबाट १२ घरपरिवारका ८५ जना विस्थापित भएका छन् । हरदेनि सामुदायिक बनमा लागेको डढेलो बस्तीमा पस्दा यति धेरै क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय रामेछापका […]

आगलागीले रामेछाप टार गाउँका २६ वटा घर गोठ जल्यो

आज(बिहिबार) दिउँसो रामेछापको रामेछाप नगरपालिका वडा नं ९ टार गाउँमा भएको भिषण आगलागीबाट २६ वटा घर गोठ जलेर नष्ट भएको छ । वडा नं ९ का वडाअध्यक्ष चन्द्र श्रेष्ठका अनुसार सो गाउँका २६ वटा घर गोठ पूर्ण रुपमा जलेर नष्ट भएको हो । उहाँका अनुसार १४ वटा घर १२ वटा गोठ जलेर नष्ट भएको छ […]

रामेछापको टार गाउँमा भिषण आगलागीबाट २० भन्दा बढी घर गोठ जलेर नष्ट

रामेछापको रामेछाप नगरपालिका वडा नं ९ टार गाउँमा आज(बिहिबार) भएको भिषण आगलागीबाट २० भन्दा बढी घर गोठ जलेर नष्ट भएको छ । डिभिजन वन कार्यालय रामेछापका सहायक वन अधिकृत देवेन्द्र यादवका अनुसार २० भन्दा बढी घर गोठ जलेको अवस्था छ । बस्ती नजिकैको जंगलबाट गाउँमा प्रवेश गरेको आगोले धेरै क्षती भएको छ । बाग्लो बस्ती […]

रामेछापको टार गाउँमा भिषण आगलागी,धेरै घरहरु जलेको अनुमान

रामेछापको रामेछाप नगरपालिका वडा नं ९ टार गाउँमा भिषण आगलागी भएको छ । बस्ती नजिकैको जंगलबाट गाउँमा प्रवेश गरेको आगोले धेरै घरहरु जलेर नष्ट भएको हुन सक्ने वडाअध्यक्ष चन्द्र श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“हामी भर्खरै घटनास्थल पुगेका छौँ । घटनास्थल हेर्दा आगलागीबाट १० वटा भन्दा बढी घर जलेर नष्ट भएको हुन सक्ने अनुमान छ […]