दुई घरधनी सहमतिमा, रामेछाप बजार सडक कालोपत्रे अब तीव्र गतिमा
रामेछाप — पुरानो सदरमुकाम समेत रहेको रामेछाप नगरपालिकाको केन्द्र रामेछाप बजारको सडक अब कालोपत्रेतर्फ अघि बढ्ने भएको छ। अवरोधका रूपमा रहेका घरधनीको विवाद समाधान भएसँगै सडक निर्माणले गति लिने अपेक्षा गरिएको छ। सेलेघाट–रामेछाप–साँघुटार सडक आयोजना अन्तर्गत पर्ने उक्त खण्डमा मापदण्डभित्र परेका अधिकांश घरटहरा भत्काइसकिए पनि दुई घरधनीले मुआब्जा नलिने र घर नहटाउने अडान राख्दै आएका […]

