काभ्रेपलाञ्चोकबाट रामेछाप आउँदै गरेको जिप सिन्धुलीमा दुर्घटना 

काभ्रेपलाञ्चोकबाट रामेछाप आउँदै गरेको जिप सिन्धुलीमा दुर्घटना 

रामेछाप आउँदै गरेको जिप सिन्धुलीमा दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।बुधबार बिहान साढे ८ बजे काभ्रेपलाञ्चोकबाट रामेछापको खाँडादेवितर्फ आउँदै गरेको जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका–१ का २८ वर्षीय रोमबहादुर योञ्जन, २१ वर्षीया मिना माया तामाङ, ५६ वर्षीय दुर्गाबहादुर योञ्जन, ४३ वर्षीय धनबहादुर योञ्जन, ४५ वर्षीय प्रेम योञ्जन, ३० वर्षीय दिनेश योञ्जन, २० वर्षीय अनिल योञ्जन र ५२ वर्षीय टेकबहादुर थिङ रहेका छन् ।

सिन्धुलीको सुनकोशी गाउँपालिका–३ गणेशथानस्थित बीपी राजमार्गमा बा।प्र।०१–०३१ च ९७४९ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेर दुर्घटनामा परेको हो ।

दुर्घटनामा घाइते भएकाहरुको उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ ।जिप चालक काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका–३ का २६ वर्षीय नारायण बस्नेत भने सकुशल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार