मन्थली नगरपालिकाका कर्मचारीमा पनि देखियो कोरोना

रामेछाप जिल्लाको मन्थली नगरपालिकाका स्वास्थ्य शाखाका एक कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको छ । आज भएको स्वाब परीक्षणमा नगरपालिकाका एक कर्मचारी सहित अन्य २ जनामा पनि कोरोना संक्रमण देखिएको हो । मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतका अनुसार नगरपालिकाको स्वास्थ्य शाखा बन्द गरिएको छ । स्वास्थ्य शाखामा कार्यरत कर्मचारीहरु र उक्त कोरोना संक्रमित कर्मचारीबिच घुलमिल […]

जिल्ला अस्पताल रामेछापमा यहि श्रावण महिनादेखि सेवाहरु थप

जिल्ला अस्पताल रामेछापले प्रदान गर्ने सेवाहरुमा थप गरेको छ । २५ शैयाको जिल्ला अस्पतालले यहि श्रावण महिनादेखि लागु हुने गरी एक्सरे , प्रयोगशाला र मुख तथा दन्त सेवालाई थप तथा सुदृढ गरिएको अस्पताल विकास समितीका अध्यक्ष रोशन पाख्रिनले बताउनुभयो । प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्रि कैलाश प्रसाद ढुंगेलको पहलमा अस्पतालमा सेवाहरु थप […]

रामेछाप भंगेरीमा अटो दुर्घटना १ जना घाईते

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ८ स्थित भंगरीको झगडे चौउरको घुम्तीमा अटो दुर्घटना भएको छ ।आज विहान करिब ११ बजेको समयमा ज १ ह ४६७५ नम्बरको अटो सदरमुकाम मन्थलीबाट रामेछाप डाँडा तर्फ आउने क्रममा घुम्तीमा दुर्घटना भएको हो । दुर्घटनामा परी १ जना घाईते भएका छन । रामेछाप नगरपालिका वडा नम्बर ७ का वर्ष […]

रामेछापका २०५ जनाको कोरोना पिसिआर परीक्षण रिपोर्ट आउन बाँकी

रामेछाप जिल्लामा बुधबार अर्थात आजसम्म ८ सय ५५ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ परीक्षण गरिएको छ । यस मध्ये अब २ सय ५ जनाको पीसीार रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । यसअघि विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका २४ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका छन् भने कोरोना संक्रमित […]

रामेछापमा विहिबार लाग्दै आएको हाट स्थगित

कोरोना संक्रमण फैलन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय रामेछापको निर्देशन अनुसार रामेछाप बजारमा हरेक हप्ताको विहिबार लाग्दै आएको विहिबारे हाट भोलिदेखि नलाग्ने भएको छ । धेरै वर्षअघिदेखि रामेछापको पुरानो सदरमुकाम रामेछाप बजारमा साप्ताहिक रुपमा लाग्दै आएको रामेछापको विहिबारे हाट स्थगित भएको हो । कोरोना संक्रमण रामेछापमा फैलन नदिन जिल्ला प्रशासनको निर्देशन र निर्णय अनुसार रामेछाप […]

आदिवासी जनजाती पत्रकारीता पुरस्कार घिसिङलाई

नेपाल आदिवासी जनजाति पत्रकार महासँघ रामेछापले यस बर्षको उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता पुरस्कार युनिक विफा घिसिङलाई प्रदान गरेको छ । फोनिजको २१ औँ स्थापना दिवसको अवसरमा पारेर रामेछाप नगरपालिकामा आयोजित एक कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि रामेछाप नगरपालिकाका प्रमुख नर बहादुर थापा मगरले पुरस्कार र सम्मान प्रदान गरेका थिए । रामेछापबाट संचालित तामाकोशी अनलाइन डटकमका प्रधान […]

रामेछापमा नेकपा आधार इलाकाबाट युवाहरु कांग्रेसमा प्रबेश

कुनै समयमा नकपा माओवादीको आधार इलाकाको रुपमा रहेको रामेछाप जिल्लाको दोरम्बा गाउपालिका वडा नं ६ लखनपुरका केही युवाहरु नेकपा परित्याग गरी कांग्रेसमा प्रवेश गरेका छन । नेकपाको विभिन्न जिम्मेवारीमा रहेका ३ दर्जन युवा मंगलबार काठमाण्डौमा आयोजित एक कार्यक्रबाट कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस रामेछापका प्रवत्ता नारायण बहादुर खडकाले जानकारी दिनुभयो । प्रबेशीहरुलाई नेपाली कांग्रेसका महामन्त्री […]

रामेछापमा मास्क प्रयोगलाई अनिवार्य गर्दै प्रशासन

पछिल्लो समयमा कोभिड १९ को संक्रमण बढदै गएपछि जिल्ला प्रशासनले जिल्लाका सबै क्षेत्रका अनिवार्य मास्को प्रयोगमा कडाइ गर्ने अभियान संचालन गरेको छ । केही समय सदरमुकाम मन्थलीमा मास्कको प्रायोग अनिवार्य गराउन जनचेतनामुलक कार्यक्रम गरेर मास्क नलगाउनेलाई नगद जरिवाना गराउन थालेपछि सबैले मास्क लगाउन थालेपछि स्थानीय प्रशासन मास्क अनिवार्य अभियान लिएर सदरमुकाम बाहिरको पालिका पनि पुगेको […]

रामेछाप बजारमा कोरोना भाईरसबाट बच्न प्रशासनको सचेतना अभियान

रामेछाप जिल्लाको पुरानो सदरमुकाम समेत रहेको रामेछाप नगरपालिका वडा नम्बर ८ रामेछाप बजारमा जिल्ला प्रशासन कार्यालय रामेछापले कोरोना भाईरस ( कोभिड १९ ) संक्रमण नियन्त्रणका लागि स्वास्थ्य सुरक्षा सतर्कता सम्बन्धि सचेतना अभियान सन्चालन गरेको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माको नेतृत्वमा रामेछाप बजार आएको टोलिले रामेछाप बजारमा माक्स नलगाउनेहरुलाई सम्झाई बुझाई गर्नुको साथै […]

अब जिल्ला अस्पताल रामेछापमै मृगौलाको डाईलसिस हुन्छ : अर्थ मन्त्रि ढुंगेल

बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रि कैलाश प्रसाद ढंगेलले अब जिल्ला अस्पताल रोमछापमै मृगौलाको डाईलसिस सेवा सुरु हुने बताउनुभएको छ । गुह जिल्ला रामेछाप आउनुभएका अर्थ मन्त्रि ढंगेलले जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालको निरीक्षणपछि सरोकारवालाहरुसँग छलफल गर्दै सो कुरा बताउनुभएको हो । उहाँले प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा मात्रै मृगौलाका विरामीको डाईलसिस हुने गरेको […]