तामाकोसी नदीमा फेला परेको शवको पहिचान खुल्यो

तामाकोसी नदीमा हिजो फेला परेको महिलाको शवको पहिचान खुलेको छ । रामेछापको लिखुतामाकोशी गाउँपालिका वडा नं ७ की वर्ष ३८ की निमा डोल्मा तामाङ रहेको रामेछाप प्रहरीले जनाएको छ । मृतकका दाई निर ब तामाङले आज प्रहरी कार्यालयमा आएर शव बुझेका छन । पोष्टमार्टमपछि मृतकको शव आफन्तलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ । मन्थली नगरपालिका […]

एक हप्तादेखी बेपत्ता दिपेश मानन्धर भेटिए

एक हप्तादेखी बेपत्ता भएका रामेछापको मन्थली नगरपालिका वडा नं १ का २७ बर्षिय दिपेश मानन्धर फेला परेका छन । बुधवार साँझ मानन्धर मन्थलीको भैशेश्वर चोकमा भेटिएका हुन । बिहिवार बिहान घरमा बुबा सँगै खाना खाएर मधुमेहको परीक्षणको लागि अस्पताल जान्छु भनेर हिडेका दिपेश त्यसपछि घरमा फर्किएका थिएनन् । घरवाट उपचारको लागि जान्छु भनेर हिडेका दिपेश […]

तामाकोसी नदीमा एक महिलाको शव फेला

तामाकोसी नदीमा एक महिलाको शव फेला परेको छ । रामेछापको मन्थली नगरपालिका वडा नं २ एक्लेबर स्थित तामाकोसी नदीको बिच भागमा पानीको दहमा महिलाको शव फेला परेको रामेछाप प्रहरीले जानकारी दिएको छ । नाम,ठेगाना नखुलेको अन्दाजी वर्ष ४०÷४५ की महिलाको शब आज दिउँसो फेला परेको हो । मृतको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

एक हप्तादेखी बेपत्ता दिपेशलाई भेटाउनेलाई १ लाख बढी पुरस्कार दिने

रामेछापको मन्थली नगरपालिका वडा नं १ का २७ बर्षिय दिपेश मानन्धरलाई फेला पार्ने व्यक्तिलाई उहाँको परिवारले इनाम स्वरुप १ लाख ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । बिहिवार बिहान घरमा बुबा सँगै खाना खाएर मधुमेहको परीक्षणको लागि अस्पताल जान्छु भनेर हिडेका दिपेश अहिलेसम्म घर फर्किनुभएको छैन । घरवाट निस्कदा दिपेशले […]

प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिताका लागि रामेछापबाट २६ खेलाडी छनौट

बाग्मती प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगिताका लागि रामेछापबाट २६ जना खेलाडी छनौट भएका छन् । मंगलबार श्री गौरीशंकर बहुमुखी क्याम्पसको खेल मैदानमा भएको खेलाडी छनौट प्रतियोगिता मार्फत २६ जना खेलाडी छनौट भएको जिल्ला तेक्वान्दो संघ रामेछापका उपाध्यक्ष टिकाराम रानामगरले जानकारी दिनुभयो । जिल्लाबाट छनोट भएका खेलाडीले प्रदेशमा खेल्ने र प्रदेशवाट छनौटमा परेका खेलाडीहरुले निकट भविष्यमा हुन […]

रामेछापमा घरको छाना फेर्न अनुदान लिन कसैको पनि आवेदन परेन

रामेछाप जिल्लामा ‘सुरक्षित नागरिक आवास कार्यक्रम’ अन्तर्गत घरको छाना फेर्न अनुदान लिन कसैको पनि आवेदन परेको छैन । सरकारले असुरक्षित छानामुनि बसोबास गरिरहेकालाई लक्षित गरी यो कार्यक्रम अघि बढाएको हो । गत वर्षसम्म छाना फेर्न ५० हजार रुपैयाँ दिने गरिएकामा चालु आवमा प्रतिपरिवार ७५ हजार रुपैयाँ दिने जनाइएको छ । उक्त रकम लाभग्राहीले सम्झौता गरेपछि […]

रामेछापको सुनापतिका एकल पुरुषले पाए भत्ता

रामेछापको सुनापति गाउँपालिकाले पालिकाभित्रका ६२ जना एकल पुरुषलाई मासिक १ हजार रुपैयाँ भत्ता वितरण गरेको छ । सुनापति गाउँपालिकाले यसअघि एकल महिलालाई मासिक रुपमा भत्ता वितरण गर्दै आएकोमा यस चालु आर्थिक वर्ष २०७८/७९ बाट पालिका भित्रका एकल पुरुषलाई पनि मासिक रुपमा भत्ता वितरण गर्ने गरी नीति तथा कार्यक्रम बनाएको हो । ‘पालिकाको चालु आर्थिक वर्षमा […]

रामेछापमा मिस्टर एण्ड मिस मोडल सिजन ३ र लिटिल मोडल अफ सिजन २ प्रतियोगिता हुने

रामेछापमा मिस्टर एण्ड मिस मोडल अफ रामेछाप सिजन ३ र लिटिल मोडल अफ रामेछाप सिजन २ प्रतियोगिता हुने आयोजकले जानकारी दिएको छ । किङस्टार क्रियशन प्रा.लि सुनापतिले प्रतियोगिता गर्न लागेको विहीबार मन्थली पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । पत्रकार सम्मेलनमा किङस्टार क्रियशन प्रालिका व्यवस्थापक सुमन खड्काले प्रतियोगिताका लागि फागुन १ गतेदेखि आवेदन फारम खुलिसकेको […]

उपन्यासकार विनोदकुमार श्रेष्ठको उपन्यास ‘इच्छामरण’ सार्वजनिक

उपन्यासकार विनोदकुमार श्रेष्ठको ‘इच्छामरण’ नामक उपन्यास बजारमा सार्वजनिक भएको छ । आवश्यक न्युनतम स्वास्थ्य सेवामा आम जनताको सहज पहुँच नरहेको र गरिबी,अशिक्षा तथा अन्य कारणले समयमा स्वास्थ्य उपचार पाउन नसक्ने परिस्थितीमा इच्छामृत्युलाई अधिकारका रुपमा दिनुपर्छ भन्ने यस उपन्यासको मूल उद्धेश्य रहेको छ । उपन्यासकार श्रेष्ठ स्वयंले यथार्थ भोगाई उपन्यासमा उल्लेख गर्नुभएको छ । उहाँ २०६३ […]

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा रामेछापका ४३ विद्यालय छनोट(नाम सहित)

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा रामेछापका ४३ विद्यालय छनोटमा परेका छन । मन्थली नगरपालिकाबाट ९ वटा विद्यायल छनोटमा परेको छ । सेतीदेवी मावि सालु,मावि सिक्राल,जगदम्बा आ.वि चिउरीपानी,स्थानापती मावि बांगेसल्ला,शारदा मावि गेलु,रुद्राक्षेश्वर मावि मुगिटार,मन्थली मावि मन्थली,कालिका मावि पोखरी र भैरव मावि सुनारपानी रहेका छन । रामेछाप नगरपालिकाबाट ५ वटा विद्यायल राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा छनोटमा परेका छन […]