‘ल्याण्डफिल्ड’ साइड निर्माणको काम गुणस्तरहिन भएको भन्दै भर्लेका स्थानिय आक्रोसित

‘ल्याण्डफिल्ड’ साइड निर्माणको काम गुणस्तरहिन भएको भन्दै भर्लेका स्थानिय आक्रोसित

रामेछाप बजारको फोहोर व्यवस्थापनका लागि रामेछाप नगरपालिका वडा नं ८ भर्लेमा ‘ल्याण्डफिल्ड’ साइड निर्माण भइरहेको छ । तर भर्लेका स्थानियले निर्माण कम्पनीले गुणस्तरहिन काम गरेको भन्दै आपत्ति जनाएका छन । त्यहाँका स्थानिय रमेश तामाङले निर्माण कम्पनीले लापरबाहि तरिकाले काम गरेको बताउनुभयो ।

‘ल्याण्डफिल्ड’ साइडको कम्पाउन्ड जाली हाल्दा फलामको पोल थोरै मात्रै गाडेर हालिएको जसले गर्दा थोरै धकेल्दा पनि जाली र पोल नै लडेको उहाँले बताउनुभयो । जाली र पोल हाल्दा पनि लेबल समेत नमिलेको बाङगोटिङ्गो बनाएर हालेको उहाँले बताउनुभयो । जाली र पोलको ग्याप समेत धेरै रहेको कारणले जनावर तथा मान्छे सजिलै छिर्न सक्ने खालको लापरबाहि तरिकाले निर्माण कम्पनीले काम गरेको उहाँले बताउनुभयो ।

सोहि ठाउँका अर्का स्थानिय भागवत लामाले ‘ल्याण्डफिल्ड’ साइड छेउमा खनिएको पोखरी मेन ल्याण्डीङ साइडको काम पनि अस्तव्यस्त बनाएर निर्माण कम्पनीले काम अधुरै छोडेको बताउनुभयो ।

सोहि ठाउँका अर्का स्थानिय सन्जिव तामाङले ‘ल्याण्डफिल्ड’ साइडको रिटेनिङ वाल हातले कोट्याउँदा पनि उप्कीने खालको गुणस्तरहिन रहेको बताउनुभयो । सिमेन्ट र बालुवाको मात्रा नमिलाईकन निर्माण कम्पनीले मनलाग्दी काम गरेको उहाँको भनाई छ ।

यसैगरी ‘ल्याण्डफिल्ड’ साइड निर्माणमा काम गरेका मजुरहरुले समेत आफुहरुले पारिश्रमिक नपाएको गुनासो गरेका छन । उक्त साइडमा काम गर्ने मजदुर सविन तामाङले आफुले ३२ दिन काम गरेको पारिश्रमिक नपाएको बताउनुभयो । आफु जस्ता धेरै मजदुरहरुको पारिश्रमिक निर्माण कम्पनीले दिन बाँकी रहेको उहाँको भनाई छ ।

रामेछाप नगरपालिका वडा नं ८ का वडाअध्यक्ष सन्तोष तामाङले पनि ‘ल्याण्डफिल्ड’ साइड निर्माण गर्दा निर्माण कम्पनीले गुणस्तहिन काम गरेको बताउनुभयो । आईतबार स्थानियसँगै ‘ल्याण्डफिल्ड’ साइड निर्माण स्थल पुग्नुभएका वडाअध्यक्ष तामाङले निर्माण कम्पनीले काम नसुधारेसम्म नगरपालिकाले भुत्तानी दिन नहुने बताउनुभयो । भर्लेका स्थानियले निर्माण कम्पनीले काम पुरा नगरेसम्म भुत्तानी नदिनु भन्दै रामेछाप नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाउने तयारी गरेका छन ।

रामेछाप नगरपालिकाका उपप्रमुख बाल कुमारी कार्कीले प्राविधिक सहितको टिम लिएर आफुहरु अनुगनमा जाने यदि निर्माण कम्पनीले गुणस्तरहिन काम गरेको पाईए भुक्तानी नदिने बताउनुभयो । निर्माण कम्पनीले काम सुधारपछि मात्रै रकम भुत्तानी हुने उहाँले बताउनुभयो ।

रुपाकाली कन्स्ट्रक्सन प्राली काठमाण्डौँले कबोल अंक कर सहित ५२ लाख ७३ हजार ८ सय ५८ रुपैयाँ ९० पैसामा ‘ल्याण्डफिल्ड’ साइड निर्माणको काम ठेक्का लिएको हो । उक्त कम्पनीका सन्चालक विनोद बुढाथोकीले कम्पाउन्ड जाली,साईड सडक,३ कोठे ट्रस भवन,रिटेनिङ वाल,पोखरी मेन ल्याण्डीङ साइड र गेट सहितको संरचना बनाउने गरि आफुहरुले सम्झौता गरेको बताउनुभयो ।

प्राविधिक स्टमेट अनुसार नै काम गरेको भन्दै उहाँले बाँकी रहेका केही कामहरु कम्पाउन्ड जाली दरो बनाउने,गेट हाल्ने र काम गरेका मजदुरहरुलाई पारिश्रमिक दिने कुरामा ढिलाई नहुने बताउनुभयो । ‘ल्याण्डफिल्ड’ साइड निर्माणमा स्थानियहरुले सुधार गर्न आग्रह गरेका कुराहरुलाई सुधार गरिने उहाँको भनाई छ ।

यस्तो छ कामको अवस्था भिडियो हेर्नुहोस : 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार