रामेछापमा डेंगुको जोखिम बढ्यो,आज तिन जनामा डेंगु पुष्टि

रामेछापमा डेंगुको जोखिम बढ्यो,आज तिन जनामा डेंगु पुष्टि

रामेछाप जिल्लामा पनि डेंगु पुष्टि भएको छ । रामेछापमा लामखुट्टेको टोकाईबाट तिन जनामा डेंगु भेटिएको हो । जिल्ला अस्पतालमा उपचार गर्न आएका ३ जनामा आज डेंगु पुष्टि भएको जिल्ला अस्पताल रामेछापका डाक्टर मनोज कुमार यादवले जानकारी दिनुभयो ।

रामेछाप नगरपालिका वडा नं ९ का कुल ब श्रेष्ठ,वडा नं ८ का २ जना बालबालिका मन्दिप हायु र निरुता शाहीमा डेंगु पुष्टि भएको उहाँले बताउनुभयो । गर्मीबढेसंगै रामेछाप जिल्लामा डेंगुको जोखिम देखिन थालेको छ । उच्च तापक्रम रहेको ठाउँमा पाइने एडीच प्रजातिको लामखुट्टेले टोकेपछि डेंगु हुने हुँदा सरसफाईमा ध्यान दिन उहाँले आग्रह गर्नुभयो ।

वर्षातका कारण जमेको पानीबाट बढी लामखुट्टे उत्पादन हुँनेगरेकाले पानी जम्ने खाल्टाखुल्टी पुर्नुपर्ने उहाँको सुझाव छ । डेंगु लाग्दा उच्च ज्वरो (१०४ डिग्री फरेनहाइट) प्रमुख लक्षण हो। साथसाथै अन्य लक्षणहरुमा टाउको दुख्ने, मांसपेसी दुख्ने, आँखाको पछिल्लो भाग दुख्ने, वाकवाकी लाग्ने, बान्ता आउने, ग्रन्थी सुन्निने जस्ता लक्षणहरु देखिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार