नेपाल विद्यालय कर्मचारी परिषद रामेछाप कार्यसमिती गठन,अध्यक्षमा रमेश तामाङ

नेपाल विद्यालय कर्मचारी परिषद रामेछाप कार्यसमिती गठन,अध्यक्षमा रमेश तामाङ

नेपाल विद्यालय कर्मचारी परिषद जिल्ला कार्यसमिती रामेछाप गठन गरिएको छ । रामेछाप सदरमुकाम मन्थलीमा आज नेपाल विद्यालय परिषदका केन्द्रिय अध्यक्ष गंगाराम तिवारीको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना गरि कार्यसमिती गठन गरिएको हो ।

रमेश तामाङको अध्यक्षतामा गठन भएको कार्यसमिती उपाध्यक्ष महिलामा अमला कुमारी श्रेष्ठ,उपाध्यक्षमा कालुमान तामाङ,सचिवमा मिथुन थापा,कोषाध्यक्षमा सुरज थापा,सहसचिवमा समिना तामाङ,सदस्यहरुमा सन्त बहादुर श्रेष्ठ,ललिता श्रेष्ठ,टेक बहादुर मगर,देवराज पोकवाल र आशा लामा रहेका छन ।

रामेछाप जिल्लाभरका सामुदायिक विद्यालयहरुमा कार्यरत विद्यालय कर्मचारीहरुको हक,हित र अधिकारीको लागी काम गर्ने मुख्य उद्धेश्यका साथ जिल्ला कार्यसमिती गठन गरिएको अध्यक्ष रमेश तामाङले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार