दैनिक एक हजार स्वाब परीक्षण हुनेगरी धुलिखेलमा प्रयोगशाला स्थापना
काभ्रे जिल्लाको धुलिखेलमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला स्थापना गरिएको छ । बागमती प्रदेश सरकारले धुलिखेल नगरपालिकामा स्थापना गरेको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाले दैनिक एक हजार स्वाब परीक्षण गर्ने सामाजिक विकास मन्त्री युवराज दुलालले जानकारी दिनुभयो । उहाँका अनुसार बागमती प्रदेशका १३ जिल्लाका नागरिकहरुका लागि २४ सै घण्टा सेवा उपलब्ध गराउने गरी प्रादेशिक जनस्वास्थ्य ल्याब स्थापना गरिएको हो […]