खिजीदेम्बाका सबै सामुदायिक बिध्यालयमा ईन्टरनेट जडान

खिजीदेम्बाका सबै सामुदायिक बिध्यालयमा ईन्टरनेट जडान

बिध्यार्थीहरुलाई बैकल्पीक माध्यामद्धरा पठनपाठनमा सहजता गराउनका लागी खिजीदेम्बा गाँउपालिकाले आधारभुत तह र माध्यमिक तहका बिध्यालयहरुमा ईन्टरनेट सेवाबिस्तार गरेको छ । गाँउपालिकाले पालिकामा रहेका ८ वटा आधारभुततह (० देखि ८) र ७ वटा माध्यमिक तहका बिध्यालयमा ईन्टरनेट सेवा बिस्तार गरेको हो । पालिका भरि बिभिन्न तहका गरि जम्मा ३९ वटा बिध्यालय रहेकोमा आधारभुत तहका (० देखि ८ ) र माध्यमिकतहका १५ वटा बिध्यालयहरुमा मात्रै ईन्टरनेट सेवा बिस्तार गरिएको छ ।

बिध्यालयमा ईन्टरनेट सेवापुगे पछि सामाजिकदुरि कायम राखी बिध्यालयमा बैकल्पिक बिधिबाट (अनलाईन ) कक्षा सञ्चालन गरिने खिजी देम्बागाँउपालिका अध्यक्ष बेद बहादुर रोकाले बताए । ईन्टरनेटको पहुँचनपुगेका १४ वटा आधारभुततहका ( ० देखि ५) बिध्यालयहरुमाप्रोजेक्टरको माध्यमबाट अडियो भिडियो कक्षा सञ्चालन गरिने समेत बध्यक्ष रोकाले बताउनुभयो ।

बिध्यालयमा ईन्टरनेटको पहुँचपुगेपछि कोरोनाको त्रासकाकारण बिगतलामो सयम देखि बन्द रहेको बिध्यालयमा पठनपाठनका लागी केहि सहजहुने देखिन्छ । ईन्टरनेट नहुदाखिजीदेम्बागाँउपालिकामा रहेका केहि बिध्यार्थीहरु डाटाबाट नेट चलाएर अनलाईन कक्षामा सहभागीहुने गरेकाथिएभने अधिकांस बिध्यार्थीहरुको पहुचमाअनलाईन कक्षानभएकाकारण अनलाईन कक्षाबाट बञ्चित रहेकाथिए ।
१५ वटा बिध्यालय र पालिकामा रहेकाअन्य ३ वटा सरकारी कार्यलयमा नेट जडानको गर्नकोलागीकुल ११ लाख रुपैया बिनियोजन गरिएको खिजीदेम्बागाँउपालिकाका प्रमुखप्रशासकिय अधिकृत सुवास पौडेलले बताउनुभयो ।

कोरोनाको कहरले बिध्यालयबन्द रहेको र नेट नहुदा बैकल्पिक सिकाईको माध्यम द्धरा नियति पठनपाठन गराउनापनिनसकिएको अबस्थामा गाँउपालिकाले नेटको ब्यबस्थापन गरिदिएकोमा अबका दिनहरुमा अभिभाबक र बिध्यार्थीहरु संग समन्वय गरेर कक्षा सञ्चालनगर्न सहजहुने श्री कुन्डली मा.बिका प्र.अ.नर बहादुर खत्रीको कथन छ । बिध्यालयमा नेटको सुविधाभए पछि बिध्यार्थीहरुको पठनपाठनमा सहजताहुने मात्रै नभएर बिध्यालयको प्रशासनिक कामकाजमा र शिक्षकहरुको क्षमता अभिबिद्धि गरि शैक्षिक गुणस्तरमा समेत बृद्धि हुने श्री चुलि आधारभुत बिध्यालय खिजीदेम्बा १ का प्र.अ वेदबहादुर महतराले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार