रामेछापका ३३ कोरोना संक्रमित मध्ये ३१ जना निको २ जनाको उपचार हुँदै

विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका रामेछाप जिल्लाका ३१ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन । जिल्लामा ३३ जनामा कोरोना संक्रमण देखिएको थियो । कोरोना संक्रमित २ जनाको भने उपचार भैरहेको स्वास्थ्य कार्यालय रामेछापले प्रेस विज्ञप्ती मार्फत जानकारी दिएको छ । रामेछाप जिल्लामा आजसम्म एक हजार ६ जनाको जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड […]

तत्काल दश हजार थान भेन्टिलेटरको व्यवस्था गर्न सरकारलाई संसदीय समितिको निर्देशन

प्रतिनिधि सभाको कानून न्याय तथा मानवअधिकार समितिले सरकारलाई तत्काल १० हजार थान भेन्टिलेटरको व्यवस्था गर्न निर्देशन दिएको छ । देशका ७७ वटै जिल्ला सदरमुकाममा कोभिड–१९ को पिसिआर परीक्षणको व्यवस्था गर्न सरकारलाई समितिले निर्देशन दिएको हो । समितिको भर्चुअल बैठकले कन्ट्याक्ट ट्रेसिङ बढाउन समेत सरकारको ध्यानाकर्षण गराएको छ। समितिले स्वास्थ्य मन्त्रालयका निमित्त सचिव रोशन पोखरेल, स्वास्थ्य […]

कोरोना महामारी नियन्त्रणमा पाँच महिनामा १३ अर्ब ३७ करोड खर्च

सरकारले कोरोना भाइरस नियन्त्रण र उपचारमा गत पाँच महिनाको अवधिमा १३ अर्ब ३७ करोड रुपैयाँ खर्च भएको जनाएको छ । औषधि र स्वास्थ्य सामग्री खरिद, स्वास्थ्य पूर्वाधार, जनशक्ति परिचालन, क्वारेन्टाइन व्यवस्थापनजस्ता काममा यो रकम खर्च भएको सरकारका प्रवक्ता एवं अर्थ र सञ्चारमन्त्री डा. युवराज खतिवडाले जानकारी दिनुभयो । उहाँले संघीय सरकारबाट ५ अर्ब ८४ करोड […]

अब लक्षण भएका कोरोना सङ्क्रमितलाई मात्रै उपचारका लागि अस्पताल भर्ना गरिने

सरकारले लक्षण भएका कोरोना भाइरस सङ्क्रमितलाई मात्रै कोभिड–१९ उपचारका लागि तोकिएको अस्पतालमा राख्ने निर्णय गरेको छ ।पछिल्लो समय नेपालमा कोरोना सङ्क्रमणको दर बढेसँगै अस्पतालमा बेड अभाव हुन थालेपछि सरकारले लक्षण भएकाहरुलाई मात्रै अस्पतालमा भर्ना गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकको निर्णय हिजो सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहनुभएका अर्थमन्त्री डा युवराज खतिवडाले […]

रामेछापमा आजदेखि निषेधाज्ञा जारी,नाकाहरुमा प्रहरी परिचालन

कोरोना सङक्रमण तीब्र गतिमा फैलिन थालेपछि जिल्ला प्रशासन कार्यालय रामेछापले गएराति १२ बजेदेखि लागू हुने गरी जिल्लामा निषेधाज्ञा लागू गरेको छ । रामेछापका प्रमुख जिल्ला अधिकरी रुद्रादेवी शर्माले कोरोना रोकथाम तथा नियन्त्रणलाई थप प्रभावकारी बनाउन भदौ ४ गते राति १२ बजेदेखि अर्को आदेश जारी नभएसम्म रामेछाप जिल्लाभर लागू हुने गरी निषेधाज्ञा जारी गरिएको बताउनुभयो । […]

भिडभाड नगरी तिज घरमै बसेर मनाउन रामेछाप प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय रामेछापले नेपाली महिलाको महान पर्व हरितालिका तीज घरमा नै मनाउन आग्रह गरेको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ बढिरहेका बेला संक्रमणको जोखिम नियन्त्रण र रोकथामका लागि घरैमा तीज मनाउन प्रशासनले आग्रह गरेको हो । सार्वजनिक स्थलमा सामूहिक रुपमा मानिस जमघट भेला हुने गरी मनाउने कार्य पूर्णरुपमा निषेध गर्नुपर्ने भएकाले हरितालिका तीज लगायतका […]

के तपाई व्रत बस्दै हुनुहुन्छ ? त्यसो भए यि कुुराहरुमा ध्यान दिनुहोस

व्रत स्वास्थ्यका लागि राम्रो पनि हो । व्रत लिँदा, दिमाग तेज हुन्छ, शरीर हल्का महसुस हुन्छ, दिमागमा पोजेटिभ कुराहरू आउँछन्, शरीरले आराम पाउँछ । काममा फोकस हुनेजस्ता राम्रा पक्षहरू पनि हुन्छन् । तर, शारीरिक रूपमा कमजोर, बिरामी, बालबालिकाहरूले चाहिँ व्रत लिनु हुँदैन । अझ धेरैको पानी नखाई व्रत बस्ने चलन छ । यो हाम्रो स्वास्थ्यका […]

दर खाँदा कस्तो र के के कुरामा ध्यान दिने त ?

नेपाली महिलाहरुको महान चाड तिजको दर खाने दिन आज । तपाईहरु धेरै जनाले दर खानका लागी सामाग्रीहरु तयार पारिसक्नुभयो होला । अनि कतिपयले त दर पकाउने र खाने सुरसार गरिसक्नुभयो होला । व्रतको अघिल्लो दिन आज खीर, ढकनी, हलुवा, विभिन्न मिठाई तथा दूध घिउबाट बनेका परिकार दरका रुपमा खाने परम्परा छ । दर खाँदा रङ्गलगायत […]

रामेछापका १३३ जनाको पिसिआर रिपोट आउन बाँकी,३० जना क्वारेन्टिनमा

रामेछाप जिल्लामा विहिबार अर्थात आजसम्म एक हजार २ जनाको जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ परीक्षण गरिएको छ । यस मध्ये अब १ सय ३३ जनाको पिसीआर रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । यसअघि विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका २७ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका छन् भने कोरोना […]

रामेछापमा आजदेखि भदौ १३ गतेसम्म निषेधाज्ञा

कोरोना सङक्रमण तीब्र गतिमा फैलिन थालेपछि जिल्ला प्रशासन कार्यालय रामेछापले भदौ १३ गतेसम्म निषेधाज्ञाको घोषणा गरेको छ । आजराति १२ बजेदेखि लागू हुने गरी जिल्लामा निषेधाज्ञा लागू गरिएको हो । रामेछापका प्रमुख जिल्ला अधिकरी रुद्रादेवी शर्माले कोरोना रोकथाम तथा नियन्त्रणलाई थप प्रभावकारी बनाउन भदौ ४ गते राति १२ बजेदेखि अर्को आदेश जारी नभएसम्म रामेछाप जिल्लाभर […]