यस वर्ष तिहारमा देउसी भैलो नखेल्न रामेछाप प्रशासनको आग्रह

यस वर्ष तिहारमा देउसी भैलो नखेल्न रामेछाप प्रशासनको आग्रह

यस वर्ष तिहारमा देउसी भैलो नखेल्न रामेछाप प्रशासनले आग्रह गरेको छ । जिल्ला भित्र कोभिड १९ को संक्रमणलाई मध्यनजर गरि तिहारको अवसरमा जिल्लाका कुनैपनि स्थानमा मानिसहरु जम्मा भई देउसी भैलो खेल्ने तथा नाचगान गर्ने कार्यलाई पुर्ण निषेध गरिएको प्रशासनले जानकारी गराएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले एक सुचना जारी गर्दै पटका पड्काउने, जुवातास खेल्ने जस्ता गैरकानुनी क्रियाकलापहरु नगर्न नगराउन समेत अनुरोध गरेको छ । यस्ता कार्य गरिएको पाइएमा नियन्त्रणमा लिएर कानुन बमोजिम कडा कारवाहि गर्ने प्रशासनले जनाएको छ । तिहारका समयमा जिल्लाका बजार क्षेत्र र गाउँमा विभिन्न समुह बनाई देउसी भैलो खेल्ने चलन रहिआएको छ । यस वर्ष भने घरमै बसी स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाई चाडपर्व मनाउन अनुरोध गरिएको रामेछापका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताउनुभयो ।

रामेछाप प्रशासनद्धारा जारी सुचना : 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार