नेपाली काँग्रेसमा महाधिवेशन विवाद मिलाउन सैद्धान्तिक सहमति जुट्यो

नेपाली काँग्रेसमा महाधिवेशन विवाद मिलाउन सैद्धान्तिक सहमति जुट्यो

नेपालीकाँग्रेसमा देखिएको महाधिवेशन केन्द्रीतविवाद समाधानकाविषयमा सैद्धान्तिक समझदारी जुटेको छ । १४ औँ महाधिवेशनको निष्पक्षतामाथिप्रश्न उठाउँदै वरिष्ठ नेता रामचन्द्र पौडेलले अघि सारेको १६ बुँदे ज्ञापनपत्रका अधिकांशविषयमा सैद्धान्तिक सहमतिभएको हो । साउनपहिलो साताबाट सतहमाआएको काँग्रेसको विवाद यो सहमतिसँगै तत्कालकालागि टरेको छ । केन्द्रीय समिति बैठकमा सहमतिको प्रस्ताव पेश गर्न समन्वयको भूमिका खेल्ने गरी महामन्त्रीद्वय डा.शशांककोइराला र पूर्णबहादुर खड्कालाई जिम्मेवारी दिइएको छ।साउनपहिलो सातापौडेल समूहले केन्द्रीयविभागमाभइरहेको मनोनयन, पार्टी संरचनाको गठन, क्रियाशील सदस्यताको वितरण तथानवीकरण, भ्रातृ एवं शुभेच्छुक संस्था, अन्य पार्टीबाट काँग्रेसमाआउने नेतातथाकार्यकर्ताको समायोजनको मापदण्ड, पार्टीको स्थानीयतहको समायोजन र विदेशस्थितजनसम्पर्क समितिकाविषयलाई मुद्दा बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार