देशमा आज थप ३ हजार ९३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

नेपालमा कोरोना भाइरसका कारण सङ्क्रमितको हुनेको संख्या एक लाख ३९ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित कोभिड–१९ सम्बन्धी जानकारी दिने क्रममा पछिल्लो २४ घन्टामा थप ३ हजार ९३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको बताएको हो । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले गत २४ घन्टामा १३ हजार ८ सय ६१ पिसिआर परीक्षण […]

खिजीदेम्बाका सबै सामुदायिक बिध्यालयमा ईन्टरनेट जडान

बिध्यार्थीहरुलाई बैकल्पीक माध्यामद्धरा पठनपाठनमा सहजता गराउनका लागी खिजीदेम्बा गाँउपालिकाले आधारभुत तह र माध्यमिक तहका बिध्यालयहरुमा ईन्टरनेट सेवाबिस्तार गरेको छ । गाँउपालिकाले पालिकामा रहेका ८ वटा आधारभुततह (० देखि ८) र ७ वटा माध्यमिक तहका बिध्यालयमा ईन्टरनेट सेवा बिस्तार गरेको हो । पालिका भरि बिभिन्न तहका गरि जम्मा ३९ वटा बिध्यालय रहेकोमा आधारभुत तहका (० देखि […]

रामेछापका १८४ जनाको रिपोर्ट आउन बाँकी, ५ जना क्वारेन्टिनमा

रामेछाप जिल्लामा आजसम्म २२ सय ५५ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ को परीक्षण गरिएको छ । यि मध्ये १९ सय २९ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने १ सय ४२ जनाको रिपोर्ट पोजेटिभ आएको छ । अझै १ सय ८४ जनाको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । उनिहरुको […]

सुकाजोरमा घर घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

दशैँलाई लक्षित गर्दै रामेछाप नगरपालिका वडा नम्बर ७ सुकाजोरले घरघरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । लामो समयको लकडाउन र अहिले दशैँलाई लक्षित गर्दै घरघरमा पुगेर समाजिक स्ुरक्षा भक्त वितरण गरिएको वडाअध्यक्ष समिर कार्कीले बताउनुभयो । दशैँको चहलपहल सुरु भईसकेको अवस्थामा सामाजिक सुरक्षा भत्ता पाउन योग्य नागरीकहरुलाई चाडपर्व मनाउन सहयोग पुगोस भन्ने उद्धेश्यका […]

रामेछाप नगरपालिकाद्धारा बजार अनुगमन

रामेछाप जिल्लाको रामेछाप नगरपालिकाले बजार अनुगमन गरेको छ । चाडपर्वलाई मध्यनजर गर्दै नगरपालिकाको मुख्य बजार पुरानो सदरमुकाम समेत रहेको रामेछाप बजारका विभिन्न पसल, व्यावसाय, औषधी , होटल , हार्डवेयर पसल लगायतको पसलहरुको अनुगमन गरेको हो । रामेछाप नगरपालिकाका प्रशासन शाखा प्रमुख नारायण सु्वेदीको नेतृत्वमा भएको बजार अनुगमनका क्रममा केहि पसलहरु नगरपालिकामा दर्ता नभएको, दर्ता गरेपनि […]

कोरोना उपचारबाट पन्छियो सरकार, परीक्षण र उपचारको खर्च अब आफैले व्यहोर्नुपर्ने

सरकारले कोरोना महामारीको उपचार व्यक्ति आफैंले गर्नुपर्ने निर्णय गरेको छ । यो निर्णयपछि सरकारले अब विपन्न, अशक्तलगायतको मात्र परीक्षण र उपचार खर्च बेहोर्नेछ । ‘कोरोना परीक्षण र उपचार खर्च सरकारले नबेहोर्ने निर्णय आइतबार (हिजो) देखि नै लागू भएको हिजो नियमित पत्रकार सम्मेलनका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी गराउनुभएको हो । संविधानको मौलिक हक र […]

रामेछाप प्रशासनद्धारा मन्दिर तथा शक्तिपिठहरुमा निषेधाज्ञा जारी

जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लामा मन्दिर तथा शक्तिपिठहरुमा नित्यपूजा बाहेक अन्य दर्शनका लागि रोक लगाइएको छ । प्रशासनले एक सूचना जारी गरि जिल्ला भित्रका सबै मन्दिर तथा शक्तिपिठहरुमा नित्यपूजा बाहेक अन्य दर्शन कार्य गर्न रोक लगाएको जनाएको छ । दशैंका बेलामा मन्दिर तथा शक्तिपिठहरुमा सर्वसाधारणहरुको अत्याधिक भिड हुने र यसले कोरोना भाइरस संक्रमणको जोखिमता झन […]

रामेछापमा कोरोना संक्रमित संख्या २८६ पुग्यो,दशैं मनाउन गाँउ फर्किनेले जोखिम बढाए

रामेछाप जिल्लामा पछिल्लो पटक कोरोना संक्रमण दिनानुदिन बढ्दै गएको छ । हालसम्म रामेछाप जिल्लाबाटै पिसिआर परीक्षणका लागी पठाइएका १ सय ४२ जनामा कोरोना पुष्टि भएको छ भने जिल्ला बाहिर स्वाब परीक्षण गरिएका तर रामेछाप स्थायी घर भएका १ सय ४४ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्लाको मन्थली नगरपालिकाका ६० जनामा कोरोना संक्रमण देखिँदा रामेछाप […]

रामेछाप दोरम्बाका थप १ जनामा कोरोना संक्रमण पुष्टि

रामेछाप जिल्लाको दोरम्बा गाउँपालिकाका थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यहि असोज २८ गते दोरम्बाबाट पिसिआर परीक्षणका लागी स्वाब संकलन गरि धुलिखेल अस्पतालमा पठाएका ४७ जनामध्ये १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । वर्ष ४१ का पुरुषमा कारोना संक्रमण पुष्टि भए लगतै उनलाई दोरम्बा […]

विदेशी पर्यटकलाई आजदेखि नेपाल आउन खुला

सरकारले विदेशी पर्यटकलाई आजदेखि नेपाल आउन खुला गरेको छ । ७ महिना पछि सरकारले स्वास्थ्यका मापदण्डपालना गरेर पर्यटक आउन खुला गरेको हो । पर्यटकलाई पर्वतारोहण र ट्रेकिङका लागि भिसा खुलाइएको हो । नेपाल आउने पर्यटकले ७ दिन अनिवार्य रुपमा होटल क्वारेन्टिन बस्नुपर्नेछ । पर्यटकलाई पहिलो चरणमा हिमाल आरोहण र ट्रेकिङका लागि आउन दिइनेछ । उनीहरुलाई […]