नेकपा प्रचण्ड–माधव समूह रामेछापले प्रधानमन्त्रीलाई पठायो संविधान

नेकपा प्रचण्ड–माधव समूह रामेछापले प्रधानमन्त्रीलाई पठायो संविधान

संसद विघटनको विरोधमा आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूह रामेछापले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई संविधान पुस्तक पठाएको छ । आज जिल्ला प्रशासन कार्यालय मन्थलीमा पुगेको रामेछाप कमिटीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विरोध पत्रसहित संविधानको पुस्तक पठाएको हो । प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्रीले असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र प्रतिगामी कदम चालेका कारण त्यसको विरोधमा रामेछापवासीको तर्फबाट आफ्नो पार्टीले विरोध पत्रसहित संविधानको पुस्तक पठाएको नेकपा प्रचण्ड–माधव समूह रामेछपका जिल्ला सचिवालय सदस्य मदन कालिकोटेले जानकारी दिनुभयो । प्रचण्ड–नेपाल समुह रामेछापका जिल्ला ईन्जार्च देवशकंर पौडेल र प्रचण्ड–नेपाल समुह रामेछापका अध्यक्ष मैन कुमार मोक्तानको नेतृत्वमा रामेछापका प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्मालाई संविधान पुस्तक बुझाइएको कालिकोटेले बताउनुभयो । विरोध पत्रसहित संविधानको पुस्तक आजै प्रधानमन्त्रीलाई पठाईने प्रमुख जिल्ला अधिकारी अर्जुन कुमार शर्माले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार