रामेछापमा थप १ जनामा कोरोना पुष्टि, १५ जना आइसोलेशनमा

रामेछापमा थप १ जनामा कोरोना पुष्टि, १५ जना आइसोलेशनमा

रामेछापमा थप १ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य कार्यालय रामेछापका अनुसार दोरम्बा गाउँपालिकाको एक स्वास्थ्य संस्थामा कार्यरत एकजना स्वास्थ्यकर्मीमा कोरोना सङक्रमण पुष्टि भएको छ । यो सँगै रामेछापमा १५ जना कोरोनाका सक्रिय संक्रमितहरु आईसोलेसनमा रहेका छन । जिल्ला अस्पताल रामेछापमा दुईजना, मन्थली नगरपालिकामा तीनजना र दोरम्बा गाउँपालिकामा १० जना गरी १५ जना कोरोनाका सक्रिय सङ्क्रमितको अहिले आइसोलेशनमा उपचार भैरहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । रामेछापमा कुल कोरोना सङ्क्रमितको सङ्ख्या २१८ जना पुगेको छ । यसमध्ये दुई सय तीन जना कोरोना मुक्त भएर डिस्चार्ज भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार