नेकपा ओली समुह रामेछापको अध्यक्षमा श्रेष्ठ र सचिवमा कडरिया चयन

नेकपा ओली समुह रामेछापको अध्यक्षमा श्रेष्ठ र सचिवमा कडरिया चयन

नेकपा ओली समुह रामेछापले जिल्ला कमिटीको पुर्नगठन गर्दै नयाँ अध्यक्ष र सचिव घोषणा गरेको छ । आज रामेछाप सदरमुकाम मन्थलीमा बसेको जिल्ला कमिटीको बैठक एवं भेलाले आनन्द श्रेष्ठलाई अध्यक्ष र पुरुषोत्तम कडरियालाई सचिव बनाउने घोषणा गरेको छ । श्रेष्ठ यसअघि पूर्व एमालेका जिल्ला सचिव हुनुहुन्थ्यो भने पार्टी एकता भएपछि हाल कार्यालय सदस्य रहनुभएको थियो । उपप्रधानमन्त्री एवं केन्द्रीय सचिवालय सदस्य ईश्वर पोखरेलको प्रमुख अतिथ्यतामा मन्थलीमा भएको भेलाले जिल्ला कमिटीको पुर्नगठन गरेको हो । भेलामा नेकपा बागमती प्रदेश कमिटीका सचिव आनन्द पोखरेल, बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री एवं रामेछापका सह–इन्चार्ज कैलाश ढुंगेल, केन्द्रीय सदस्यहरु कमल चौलागाई, माधव ढुंगेल लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार