रामेछाप नगरपालिकाको अभियान सबै वडामा पुगेर सेवा प्रदान

रामेछाप नगरपालिकाको अभियान सबै वडामा पुगेर सेवा प्रदान

रामेछाप जिल्लाको रामेछाप नगरपालिकाले फेरी अर्को उदाहरणिय कामको सुरुवात गरेको छ । स्थानिय सरकार सन्चालनमा आएदेखि नागरीकको मन जित्तै आएको नगरपालिकाले फेरी अर्को राम्रो कामको सुरुवात गरेको हो । नगरपालिकाले नगरबाट प्रवाह हुने सेवा लिएर ९ ओटै वडामा पुग्ने अभियान चलाएको छ । नगरपालिकासम्म सहजै पुग्न नसक्ने अशक्तलाई परिचय पत्र, उपभोक्ता समितिलाई योजना सम्झौताको लागि सम्झौता पत्र र क्षमता भएका युवाहरुलाई लोक सेवाको अभिमुखिकरण कार्यक्रम लिएर नगरको टिम एकीकृत घुम्ती शिविरमा निस्केको हो । नगरपालिकाको वडा नम्बर १,२,३,४,५ र ६ मा सो कार्यक्रम सम्पन्न भएको छ । आज वडा नम्बर ६ ओख्रेनीमा पुगेर नगर प्रमुख नर बहादुर थापा मगर सहितको टिमले योजना सम्झौता, अशक्तलाई परिचयपत्र, र युवाहरुलाई लोकसेवा तयारी कक्षाको अभिमुखिकरण कार्यक्रम सन्चालन गरेको हो । सोहि कार्यक्रम भोलि वडा नम्बर ७ सुकाजोरमा , बुधबार वडा नम्बर ८ मा र विहिबार वडा नम्बर ९ मा सन्चालन हुने रामेछाप नगरपालिकाका अधिकृत नारायण सुवेदीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार